४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

भूकम्प पछिको पुर्नर्निमाणमा सरकार र सवैको प्रतिवद्धता आवश्यक : प्याकुरेल

१८ मंसिर २०७२, शुक्रबार १०:०८

मंसीर १८, रसुवा / बिगतमा गरिव तथा
पछि परेका दलित बस्तीहरू जोखिम युक्त ठाउँमा हुने गरेकोले अवको पुर्ननिर्माण महिला, बालबालिमैत्री मात्र
नभई बातावरण , लैङ्गिक मैत्री र सुरक्षित हुनु पर्ने भएकोले सरकारको मापदण्ड मात्र तथा सवै पक्षको
प्रतिबद्धता हुनु पर्ने नागरिक अगुवा, ईन्सेकका पूर्व अध्यक्ष तथा राष्ट्रिय मानवअधिकार आयोगका पूर्व
आयुक्त सुशील प्याकुरेलले बताउँनुभयो ।

लोकतान्त्रिक स्वतन्त्रता तथा मानवअधिकार संस्था
९डिफ्री० ललितपुरको आयोजनामा ०७२ मङसिर १७ गते जिविस हल धुन्चेमा भएको भएकाले ‘बिनाशकारी भूकम्प
पश्चातको मानवअधिकारको अवस्था र चुनौति विषयक छलफल कार्यक्रममा’ नागरिक समाज , पत्रकार , सामाजिक संघ
संस्था, राजनीतिक दल, स्थानीय बुद्धिजिवीहरूसहभागी थिए ।

अवको पुर्न र्निमाणमा दलित र गरिब बस्ती
पहिरोको नजिक संकटयुक्त स्थानमा नभई एकै ठाउँमा हुनु पर्ने र दलित गाउँलाई छुट्टै देखाउने अवस्था नरहने
बताउँदै अबको पुर्नर्निमाण सरकारी कार्यालय, विद्यालय, स्वास्थ्य चौकी वा नागरिकका आवासलाई प्राथमिकता
दिने रु सरकारले स्पष्ट पार्नु पर्नेमा जोड दिंदै उहाँले भूकम्प पछि कृषि क्षेत्र बढि प्रभावित भएको
गरिवी बढेकोले महिला, बालबालिका, सुत्केरी, गर्भवती, अपाङ्गता भएकाहरू बढि पीडित हुनु परेको प्याकुरेलले
बताउँनुभयो ।

कार्यक्रममा आदिवासी जनजनति महासंघका लाक्पा थाक्राले भूकम्प पछि थुमन गाविस
लगायतका स्थानमा अझै नागरिक बेपत्ता भएको र गाउँ गाउँमा मनोसामाजिक समस्या देखिएको बताए । कार्यक्रममा
पत्रकार सुशील कोईरालाले राहतमा छुटेका परिवारले राहत पाउन नसकेको बताए , एसिएफ ईन्टरलेशनलका ईन्दिरा
दाहालले सरकार नीति बनाउन मात्र लागेको बताउँदै कार्यान्वयन नभएको बताउँदै बिभिन्न चरणमा भूकम्प
पीडितहरूका विषयमा छलफल भएको तर टेबुलमा सिमित भएको बताईन् ।

लोकतान्त्रिक स्वतन्त्रता तथा
मानवअधिकार संस्था ९डिफ्री० ललितपुरका अध्यक्ष ओम अर्याल, यज्ञ थापा, नागरिक समाजका अध्यक्ष बाबुलाल
तामाङले गाविस सचिव नहुँदा भूकम्पमा नागरिकको क्षती भएका कागजात तयार गर्न समस्या भएको बताए । एनेकपा
माओवादीका छेसिङ्गी तामाङले सरकारले स्थानीय विकास मन्त्रालयमार्फत दिने भनेको जाडोका लागी न्यानो
राहतको अत्तपत्तो नभएको बताए । गाविस गाविसमा घरधुरी तथ्यांक अद्यावधिक गर्न आवश्यक देखिएको पनि उनले
बताए ।

स्थापित समूदायका छेकु लामाले बिस्थापितहरूले निकै दुःख भोग्नु जाडोको समस्याले सताएको र
त्रिशुली १ आयोजनाले कुहिएको चामल दिएको बताए । उनले भने ‘त्यही आयोजनाले जथाभावी बिस्फोटक पदार्थ
बिष्फोटनका असरले गर्दा हाम्रो गाउँ पहिरोले लग्यो करोडौं राहतमा खर्च गर्ने हल्ला गरेको तर हामीलाई
हेरेको छैन ।’ कार्यक्रममा युएसएडका प्रतिनिधी नबराज थापा , ईन्सेकका जिल्ला प्रतिनिधी तथा पत्रकार
हेमनाथ खतिवडाले लगायतका सहभागीहरूले आफ्नो धारणा राखेका थिए ।

सरकारले पुर्नर्निमाण प्राधिकरणका
लागी ढिलाई गरेकोले समस्या भएको सरोकारवालाहरूले बताए । ,भूकम्पबाट अतिप्रभाबित जिल्लाको पुर्नर्निमाण
कसरी मानवअधिकार मैत्री हुनसक्छ भन्ने धारण संकलन गर्न लागेको डिफ्री नेपालका यज्ञ थापाले बताए ।
कार्यक्रममा रसुवाको अवस्था बारे राज्यको माथिल्लो निकायसम्म सहभागीले अनुरोध गरेका थिए

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश