भदौ १५, पाल्पा । परम्पराकालदेखि हातले कुँदेका कलात्मक माटोका भाँडा बनाउने कुमाल जातिको पेसा सङ्कटमा परेको छ । 

हाँडी, घैटा, चिलिम, पाला, खुत्रुकेलगायतका घरायसी उपयोगका भाँडा बनाउने कुमाल जातिको पेसा बजारमा आएका प्लास्टिकका भाँडाको प्रयो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १५, पाल्पा । परम्पराकालदेखि हातले कुँदेका कलात्मक माटोका भाँडा बनाउने कुमाल जातिको पेसा सङ्कटमा परेको छ । 

हाँडी, घैटा, चिलिम, पाला, खुत्रुकेलगायतका घरायसी उपयोगका भाँडा बनाउने कुमाल जातिको पेसा बजारमा आएका प्लास्टिकका भाँडाको प्रयो"/>

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

कुमालेको पेसा सङ्कटमा

२०७३, १५ भाद्र बुधबार ०७:२६

भदौ १५, पाल्पा । परम्पराकालदेखि हातले कुँदेका कलात्मक माटोका भाँडा बनाउने कुमाल जातिको पेसा सङ्कटमा परेको छ । 

हाँडी, घैटा, चिलिम, पाला, खुत्रुकेलगायतका घरायसी उपयोगका भाँडा बनाउने कुमाल जातिको पेसा बजारमा आएका प्लास्टिकका भाँडाको प्रयोग बढ्दै जाँदा सङ्कटमा परेको हो । रामपुर–१५ गेझा गाउँ कुमाल समुदायले ढाकेको छ । पहिले पहिले माटोका भाँडा बनाएर जीविकोपार्जन गरे पनि अहिले यस समुदायबाट पेसा नै लोप हँुदै गएको स्थानीय दामोदर तिमिल्सिना बताउनुहुन्छ । 

यहाँका ३०० घरपरिवारमध्ये अहिले केही घर परिवारले मात्र माटोको भाँडा बनाउने गरेका छन् । स्थानीय महेन्द्र कुमाल बजारको अभाव, प्लास्टिक र स्टिलका भाँडाको प्रयोग बढ्दै जाँदा पेसा लोप हुने अवस्थामा पुगेको बताउनुहुन्छ । परम्परा जोगाउनका लागि माटोको भाँडा बनाउँदै आएको उहाँको भनाइ छ । 

“माटोको भाँडालाई बजारको समस्या छ,” उहाँले भन्नुभयो । यहाँ उत्पादित हाँडी र घैँटोको आकार हेरी रु २०० देखि रु ५०० सम्म मूल्य पर्छ । स्थानीय मनबहादुर कुमाल लागतअनुसारको मूल्य पाउन नसकेको बताउनुहुन्छ । 

जिल्लाका घोरबन्दा, पोखराथोक, रामपुर, गेझा, चिर्तुङ्गधारा, ख्याहालगायतका स्थानमा बसोबास गदै आएका कुमाल जातिले माटोका भाँडा बेचेर आफ्नो जीवन निर्वाह गदै आए पनि अहिले उनीहरुको पेसा सङ्कटमा परेको छ । वर्षौंदेखि गर्दै आएको पेसा सङ्कटमा पर्न थालेपछि कतिपय कुमालले पल्लेदारी र मजदुरी गरी दैनिक गुजारा गर्न थालेका छन् । 

कुमाल जातिको पेसा संरक्षणका लागि सरकारी तवरबाट कुनै पहल हुन् सकेको छैन । सस्तो र कमसल खालका प्लास्टिकका भाँडा गाउँगाउँसम्म सहजै उपलब्ध हुन थालेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल