१८ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रघे लुवारको आरन अनुभव : न चटक्कै छोड्न सक्छु न चित्तै बुझाउन

१९ बैशाख २०७९, सोमबार ०८:४३

वैशाख १९, सुर्खेत | आगोको रापले गाला रातै छन् । चाउरिएका गालाले बुढ्यौली प्रष्ट देखिन्छ । टाउकोमा टोपी । टोपीका छेउकुनाबाट निस्किएका फुलेका कपालले बुढ्यौलीको थप प्रमाण दिन्छ । तर, हातमा रहेको हथौडाले उनले बुढ्यौली भन्न नपाएको प्रष्ट हुन्छ । 

उनी हुन् दैलेख ठाटीकाँध गाउँपालिका–२ टोम्टाल्लाका ७५ वर्षीय रघे लुवार । उनी हरेक दिन आठ वर्षीय नातिसँगै भाडाकुँडा बनाउन तल्लिन हुन्छन् । उनको काम आधुनिक वैज्ञानिकहरूको जस्तै छ तर रैथाने काम भएकाले सम्मान पाउन सकेको छैनन् । यो पेशाले सम्मान नपाउँदा उनी आरनमा बसेर काम गर्ने ‘आरन्या बाजे’मा सिमित छन् । 

उनी आरनमा नहुँदा नबस्दा मात्रै होइन घरको भान्सा समेत ठप्प हुन्छ । यही कारण उनी भान्सा ठप्प हुनुभन्दा बुढ्यौली बिर्सन तयार छन् । 

दिनरात आरनमा बसे पनि सोचेअनुरुप आम्दानी नहुँदा गाउँका अरूले यो पेशा नै छोडिसके । अरु शीप नजानेकाले उनी छोड्न पनि सक्दैनन् । ‘बिहान भालेको डाकोसँगै जोश जागरका साथ आविष्कारमा जुट्छु,’ उनले भने, ‘यो कामले शरीरको छाला मात्र पाक्छ, एक सुपो बालीमै चित्त बुझाउनुपर्छ ।’ उनी गाउँभरिका भाँडाकुँडा बनाउन आरनमै व्यस्त हुन्छन् तर भनेजस्तो ज्याला पाउँदैनन् ।

बालीकै भरमा चित्त बुझाउँदै आएको उनले बताए । देशमा अनेकौं राजनीतिक परिवर्तनपछि सामाजिक चेतनास्तर माथि उक्सिएको तथ्यांक छन् । तर, दैलेखको ठाटीकाँध गाउँपालिकामा भने कुरिती र कुसंस्कारको अवशेष ‘बाली प्रथा’ कायमै छ । 

व्यवसायिक छैन आरन पेशा

ठाटीकाँध गाउँपालिकासहित जिल्लामा करिब डेढ सय घर परिवार आरन चलाएर जीवन गुजार्न बाध्य छन् । आगोको रापमा जिउ सेकाएर फलामका भाँडाकुँडा आविष्कार गर्छन् तर ज्याला पाउँदैनन् । ज्याला बापत भाँडाकुुँडा बनाउने तिनै व्यक्ति बोरा बोकेर बाली माग्न घरघर जानुपर्ने बाध्यता रहेको रघे लुवारले बताए । 

रघे लुवा ठाटीकाँध गाउँपालिका–१ र २ वडाबाट करिब पाँच सय घरधुरीका भाडाकुडा बनाउँछन् । ‘विहान ५ बजे उठ्छु,’उनले भने, ‘हसिया, कोदालालगायत सामान धार लाउँदा लाउँदै १२ बजेको पत्तैै हुँदैन,’ उनले भने ।

आरन पेशा नगरौँ त साँझ विहानको गर्जाे टर्दैन गरौँ त परिश्रम अनुसारको फल (ज्याला) मिल्दैन । एक सुपो अन्नमै चित्त बुझाउँनुपरिरहेको उनले बताए । 

गाउँपालिकाले विनियोजन गरेको बजेट कार्यान्वन हुन सकेन

गाउँपालिकाले आरन सुधार तथा क्षमता विकासको लागि करिब १२ लाख रुपैयाँ बराबरको आरन सुधार कार्यक्रम गर्ने गरी योजना बनाएको थियो । ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीका अनुसार गाउँपालिकालेले आरन सुधारको लागि योजना बनाइरहेको छ । उनले भने,‘कसलाई कुन सामग्री वितरण गर्ने, के गर्ने भन्ने योजना र छलफलमै छौँ ।’ 

गाउँपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा पनि ६ लाख छुट्याएको थियो । समय अपुगका कारण ६ लाख बजेट कार्यान्वयन गर्न नसकिएको गाउँपालिकाले जनाएको छ । 

              

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कतारमा नेपाली श्रमिकलाई २४ घण्टे बीमाको व्यवस्था गर्न उपराष्ट्रपतिको आग्रह हवाई इन्धनमा २ रुपैयाँ वृद्धि हुँदा भाडा ९० रुपैयाँसम्म बढ्यो रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक जना पक्राउ अफगानिस्तानमाथि नेपालकाे १ विकेटकाे राेमाञ्चक जीत एमालेको जग्गा दान मुद्दा: सर्वोच्चले आज पनि हेर्न भ्याएन गोमालाभलाई नहटाउने अड्डी कस्दै सभामुख घिमिरे, सिके राउतलाई पठाए जवाफ मैले गगन दाइको जस्तो गफ हानेको होईन, कृषिमा लाग्ने हो भने कोही खाँडी जानुपर्दैनः ज्ञानबहादुर शाही बीबीसीको १ सय प्रभावशाली महिलाहरुमा नेपालकी आचार्य काठमाडौं–१६ की वडाध्यक्ष श्रेष्ठलाई मेयर बालेनले गराए शपथ एनपीएल: चितवन राइनोजको दोस्रो जित, पोखरा एभेन्जर्स ७४ रनमा अलआउट चितवन राइनोजविरुद्ध पोखरा एभेन्जर्सको हरिबिजोग, आठौँ विकेट पतन दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति एमालेलाई ३४ मतले हराउँदै उदयपुरको बेलका-९ मा माओवादीका भरत विजयी चितवन राइनोजबिरुद्ध दबाबमा पोखरा एभेन्जर्स, चौथो ओभरमा ६ विकेट गुम्यो एनपीएल: पोखरा एभेन्जर्सको खराब सुरुवात, पहिलो ओभरमै तीन विकेट गुमायो चितवन राइनोजले पोखरा एभेन्जर्सलाई दियो १६२ रनको लक्ष्य प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता चितवनको चौथो विकेट गुम्यो, कप्तान मल्ल ३८ रनमा आउट सामाजिक सञ्जालको दुरुपयोग देशको विकासको लागि बाधक: मन्त्री गुरुङ हारपछि विराटनगर कप्तान सन्दीपले भनेः ‘मिडल ओभरमा जसरी खेललाई लैजानुपर्ने हो, त्यो सकिएन’