२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बमको हल्लापछि खाली गराइयो विमानस्थल

२०७९, २१ बैशाख बुधबार ०५:३०

बैशाख २१, काठमाडौँ । बम राखिएको हल्लापछि त्रिभुवन विमानस्थल खाली गराइएको छ।  विमानस्थलको आन्तरिकतर्फ प्रवेश गरेका सबै यात्रुलाई बाहिर निकालिएको छ । यस्तै विमानमा चढिसकेकालाई समेत बाहिर निकालिएको छ।

विमानस्थलमा बम राखेको भन्दै अज्ञात व्यक्तिले फोन गरेपछि तनावको अवस्था सिर्जना भएको हो । विमानस्थलको ल्याण्डलाइन नम्बरमा कसैले फोन गरेर आन्तरिक टर्मिनलमा बम भएको बताएपछि हंगामा भएको हो । अहिले विमानस्थलमा सेनाको टोली परिचालन गरिएका छ भने प्रहरी र सशस्त्र प्रहरी पनि खटिएको छ।

त्रिभुवन विमानस्थल कार्यालयका एसएसपी भीमप्रसाद ढकालले बम राखेको भन्दै फोन आएपछि विमानस्थलमा सेनाको बम डिस्पोजल टोली परिचालन गरेर सर्च अभियान चलाइएको बताए । उनले फोन गर्नेको परिचालन गर्ने कार्य भइरहेको बताउँदै घटनास्थलमा सुरक्षा कडा बनाएर अनुसन्धान थालिएको बताए । बम भएको भन्दै फोन आएपछि वास्तविकता पत्ता लगाउन सुरक्षाकर्मी खटिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने