वैशाख २२, काठमाडौं | रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकामा चुनाव प्रचारप्रसारका क्रममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ।
चुनाव प्रचारप्रसारका क्रममा माओवादी केन्द्र र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो। झडपमा ६ जना घाइते भएका छन्।नेपाली कांग्रेस त्रिवेणी गाउँपालिका अध्यक्ष उम्मेदवार अमरसिंह खड्का सवार गाडीमाथि माओवादी कार्यकर्ताले आक्रमण गरेको कांग्रेसले दाबी गरेको छ।
माओवादीले भने जिल्ला कमिटी सदस्य चुडामणी बस्नेतको घरमा कांग्रेसले तोडफोड र ढुंगा हानेका कारणले झडप भएको जनाएको छ।
माओवादी र कांग्रेसका कार्यकर्ताबीच झडप भएपछि त्यहाँ प्रहरी परिचालन गरिएको रुकुमपश्चिमका डीएसपी विष्णुप्रसाद सोतीले बताए।