१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘बलात्कार हुनेबित्तिकै चिच्याउनुपर्छ’ भनेपछि अभिनेता रमेश उप्रेती विवादमा

२२ बैशाख २०७९, बिहीबार ११:२५

वैशाख २२, काठमाडौं | एक अन्तर्वार्तामा बलात्कारको विषयलाई लिएर टिप्पणी गरेपछि अभिनेता रमेश उप्रेती विवादमा तानिएका छन् ।

मंगलबार एक टीभी कार्यक्रममा कुराकानी गर्दै उप्रेतीले बलात्कार हुने बित्तिकै चिच्याउनुपर्ने र कराउनुपर्ने आशयको टिप्पणी गरेका थिए । उप्रेतीको यस्तो अभिव्यक्तिलाई लिएर केही अभिनेत्रीहरुले सामाजिक सञ्जालमार्फत विरोध गरिरहेका छन् ।

उप्रेतीले भनेका थिए, ‘पहिलो कुरा त बलात्कार हुने बित्तिकै तत्काल या त कराउनुपर्‍यो, चिच्याउनुपर्‍यो वा भोलिपल्टै पुलिसमा गएर उजुरी दिनुपर्‍यो ।’ पल शाह प्रकरणलाई लिएर उप्रेतीले यस्तो टिप्पणी गरेका हुन् ।

उक्त अन्तवार्तामा उप्रेतीले पल शाह पीडक नभएको दाबी गरेका छन् । अदालतमा मुद्दा विचाराधीन भइरहेको बेला अभिनेता उप्रेतीको यस्तो विवादित बयान आएको हो ।

उप्रेतीको यस्तो बयानलाई लिएर अभिनेत्रीद्वय बेनिशा हमाल र स्वस्तिमा खड्काले भने आपत्ति जनाएका छन् । भिडियो क्लिप इन्स्टाग्राम स्टोरीमा सेयर गर्दै उनीहरुले बलात्कार सम्बन्धी यस्तो सोच गलत रहेको बताएका छन् ।

उप्रेतीले आफ्नो अभिव्यक्ति पल शाह प्रकरणसँग मात्र लक्षित रहेको बताए । ‘मेरो स्टेटमेन्ट पल शाहको केसमा मात्र लक्षित हो । बलात्कारसम्बन्धी मुलुकका अन्य घटनाबारे लक्षित होइन,’ उनले भने, ‘मान्छेले नबुझेर, टिकटकमा काटकुट पारेर भिडियो राखेका छन् । म कानुनको विद्यार्थी पनि होइन । मलाई फरक पर्दैन ।’

बलात्कार पीडितले घटनापछि तत्कालै कानुनको सहारा लिने वा प्रतिक्रिया जनाउनेबारेको आफ्नो अडान रहेको भन्दै उप्रेतीले यो अभिव्यक्तिलाई बलात्कारका अन्य केससँग जोड्न नहुने बताए ।पछिल्लो समय अभिनेता उप्रेती एक नयाँ फिल्मको निर्माणमा जुटिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार