२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

सेयर लगानी अनुपातमा बाँडफाँड गर्न माग गर्दै आन्दोलनको घोषणा

२०७२, २० पुष सोमबार ०८:४४

पुस, स्याफ्रुबेशी, (रसुवा) ।  चिलिमे जलविद्युत कम्पनीमा कर्यरत
कर्मचारीहरूले निर्माणधिन आयोजनाको सेयर लगानी अनुपातमा बाँडफाँड गर्न माग गर्दै आन्दोलनको घोषणा गरेका
छन् ।

चिलिमे जल विद्युत कम्पनीले साङजेन, रसुवागढी, र मध्ये
भोटेकोशी जल विद्याुत आयोजना सञ्चालनमा रहेको छ । आयोजनामा संस्थापक सेयर ५१ प्रतिसत रहेकोले कम्पनीले
लगानीको अनुपातमा सेयर निस्काशन गर्न माग गरेको हो ।

चिलिमे जल विद्यत कम्पनी कर्मचारी युनियन
पटक पटक ब्यवस्थापन समक्ष माग पत्र पेस गरेपनि आफ्ना माग प्रति ध्यान नदिएपछि चरणबद्ध आन्दोलनको घोषणा
गरिएको युनियनका उपाध्यक्ष सुवर्णसिंह कुँवले बताए ।

कम्पनीको अधिकतम लगानीमा निर्माणाधिन साङ्जेन आयोजनामा ३८ प्रतिसत सेयर कम्पनीको छ । दश
प्रतिसत नेपाल विद्युत प्राधिकरणको छ भने जिविस र रसुवाका १८ वटै गाविसको ३।५ प्रतिसत रहेको छ । सवैलाई
एकै ठाउँमा राखेर अनुचित, अब्यवहारिक र अशन्तुलित तबरले बितरण गर्न लागेको भन्दै कम्पनीको लगानीका
आधारमा कम्पनीका कर्मचारीहरूलाई छुट्टयाएर बितरण गर्न माग गरेपनि ब्यवस्थापनले ध्यान नदिएको
कर्मचारीहरूले गुनासो गरेका छन् । तीनवटै आयोजनामा कम्पनीको अधिकतम प्रतिसत संस्थापक सेयर रहेको छ

अहिलेसम्म पनि शेयर सम्बन्धमा कुनै ठोस निर्णय नभएकोले तत्काल
०७२ असोज १७ गते पनि कम्पनीको ध्यानाकर्शण गर्दै माग पत्र पेस गरेपनि कम्पनी व्यवस्थापक तथा सञ्चालक
समितिले वास्ता नगरेको भन्दै चरण बद्ध आन्दोलनको घोषणा गरिएको हो ।

कम्पनीलाई धौटीमा राखेर अन्य सहायक कम्पनीहरूको सेयरसँग कम्पनीका कर्मचारीहरूको भविष्य
जोडिएकोले कर्मचारीहरूलाई निश्चित प्रतिशत सेयर सुनिश्चित गर्न युनियनले माग गरेको हो । दिनरात खट्ने
कर्मचारीको मनोबल गिराएर कसरी अघि बढ्न सहज हुन्छ हामी दुखी भएपछि कसरी आयोजना अघि बढ्छ युनियनका सचिव
कान्छाबाबु तामाङले भने ‘ हाम्रा माग पूरा नभए कडा आन्दोलन पनि हुन्छ तर अहिले हामी सांकेतिक रुपमा
बिरोध गर्नेछौं । ’

यस अघि युनियनले राखेका बिभिन्न माग
सम्बोधन गर्न चिलिमे जलविद्युत कम्पनीको ०७१ चैत १० गते २ सय ९२ औं संचालक समितिको बैठकमा ११ वटा
बिभिन्न माग सम्बन्धमा संचालक हितेन्द्रदेव शाक्यको संयोजकत्वमा बार्ता उपसमिति गठन गरेको थियो ।
उपसमितिले ०७१ चैत २२ गते शेयर सम्बन्धमा बिस्तृत अध्ययन गरी सुझाव सहितको प्रतिवेदन पेस गर्न सञ्चालम
समितिको बैठकले शेरसिंहभाटको संयोजकत्वमा उप समिति बनेको थियो । बार्ता समिति र कर्मचारी युनियन बीच
भएको सहमति १ नं बँुदामा रहेको सेयर बाँडफाँड विषयमा कर्मचारी युनियन र अन्य सरोकारवालाहरूसँग
अन्तिक्र्रिया गर्ने भने पनि हालसम्म कुनै छलफल नभएको युिनयनका विष्णु पाण्डेले बताए ।

०७२ पुस २४ गते हुने भनिएको कम्पनीको साधारण सभा लक्ष्य गरी पुस २३ गतेदेखि
कालो पट्टी बाँधेर सांकेतिक बिरोध जनाउने , २५ गतेदेखि विद्युत उत्पादन बाहेक सवारी, र सम्पुर्ण
प्रशासनिक काम ठप्प पारेर केन्द्रीय कार्यालयमा धर्ना दिन जाने र २७ गतेदेखि आन्दोलनलाइ निरन्तरता दिदै
रिले अनशन गर्ने कार्यक्रम तय भएको युनियनले जनाएको छ ।

सहायक कम्पनीको सेयर बाँडफाँड सम्बन्धमा यस अधि नै गत असारदेखि नै व्यवस्थापनको ध्यानाकर्षण
गराए पनि कुनै सुनुवाइ नभएकोले आफुहरू आन्दोलित हुन बाध्य भएको बताए । शान्तिपुर्ण आन्दोलनले नभए कडा
आन्दोलन गरिने एक कर्मचारीले बताए । माग सुनुवाई नभए आन्दोलनले कडा रुप लिने तर विद्युत उत्पादनलाई भने
तत्काल प्रभाव नपारी अन्य काम ठप्प पारिने उनले बताए ।

उता
आन्दोलन गरेर केही नहुँने व्यवस्थापनले जनाएको छ । केही समय अघिदेखि नै मागहरु आएको तर कर्मचारी सेयर
सम्बन्धमा प्रबन्ध पत्र नियमावली र संचय कोषसँग ऋण संझौतामा एकै ब्लकमा सेयर छुट्टयाउने ०६८ मा ब्यवस्था
भएको छ ।

५१ प्रतिसत सेयर नेपाल विद्युत प्राधिकरणको हो । लगानीका आधारमा बाँडफाँड हुन नसक्ने
यद्यपी चिलिमेका कर्मचारीहरुकोले प्राधिकरणका कर्मचारीले भन्दा केही बढि सेयर पाउने सम्भावना भने रहेको
चिलिमे जल विद्युत कम्पनीका प्रबन्ध सञ्चालक रामगोपाल शिवाकोटीले बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन