२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापामा दाइजोस्वरुप मोटरसाइकल नदिए बेहुली नलाने अडान लिएपछि बेहुला पक्राउ

२०७९, २३ बैशाख शुक्रबार १२:०२

वैशाख २३, झापा | झापामा दाइजो स्वरुप मोटरसाइकल नदिँदा दुलही नस्वीकार्ने युवक पक्राउ परेका छन् । छोरी माग्न आउँदाको सहमति अनुसार नै विहे गरेर दुलही लैजाने क्रममा मोटरसाइकल दाइजो मागेपछि दुलाहाबिरुद्ध नै उजुरी गर्नु परेको हो ।

पक्राउ पर्ने दुलाहा झापा गाउँपालिका टाघनडुब्बाका डेबिड गनगाई रहेको झापा प्रहरीले जनाएको छ ।

जिल्लाको मेचीनगर नगरापालिका – १७ ज्यामिरगढीमाबाट दुलही लाने क्रममा गनगाईले मोटरसाइकाल दाइजो मागेका थिए । जबकी दुलहीको परिवारले विवाहका क्रममा गनगाईलाई ४ लाख बराबरको सामग्री दिएका थिए ।

दुलहीका परिवारका अनुसार गनगाई छोरी माग्न आउदा दाइजोमा मोटरसाइकल दिन सक्दैनौं भनेर प्रस्ट पारेका पारिएको थियो । त्यसपछि केटा पक्ष पनि मन्जुर भएको तर शुक्रबार बेहुली लानेक्रममा मोटरसाइकलविन नहुन जिद्धि गरेपछि दुलही पक्षले प्रहरीलाई खबर गरेका थिए ।

दुलही चौधरी समुदायकी हुन् । दुलाही पक्षले विवाहमा दुलाहलाई दाइजोवापत टीभी, फ्रिज र सोफासेट गरि करिब ४ लाख रुपैयाँ बराबरको सामग्री दिएको जनाइएको छ । तरपनि दुलाह अन्तमा नमानेको बताइएको छ ।

विदेशमा रहँदा समाजिक संजालमार्फत चिनजान भएपछि गनगाई र चौधरी युवतीको प्रेम बसेको थियो । त्यसपछि उनीहरु विवाहसम्मको अवस्थामा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा