१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आरजुलाई ओलीको जवाफ : एमालेले पाँच जनालाई मलेसिया पठाउने होइन पाँचौं लाखलाई रोजगारी दिन्छ

२५ बैशाख २०७९, आईतवार ०५:३४

वैशाख २५, काठमाडौ | नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले स्वदेशमै रोजगारी सिर्जना गर्ने बताएका छन्।

एमालेले विराटनगर महानगरपालिकामा शनिबार आयोजना गरेको चुनावी भेलालाई सम्बोधन गर्दै ओलीले एमालेले पाँच जनालाई मलेसिया पठाउने होइन पाँचौं लाखलाई रोजगारी दिने बताएका हुन्।

कांग्रेस नेतृ आरजु राणा देउवाले कांग्रेसलाई भोट हाल्नेलाई फ्रि भिसामा मलेसिया पठाउने भनेर दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै ओलीले एमालेले रोजगारीको अवसर मुलुकमै सिर्जना गर्ने बताए। ‘हामी ४–५ जनालाई मलेसिया पठाउँदैनौं। लाखौंलाई मुलुकमै रोजगारीको अवसर सिर्जना गर्न चाहन्छौं,’ ओलीले भने, ‘एमालेले सरकारको नेतृत्व गर्‍यो भने युवाहरुले बाहिर जानु पर्दैन। मुलुक युवाहरुलाई विदेश पठाउने कारखाना हैन।’

एमालेले पाँच जनालाई मलेसिया पठाउने आश्वासन नदिने र पाँचौं लाखलाई मुलुकमै रोजगारी दिने उनको भनाइ छ।

शेरबहादुर देउवाले कांग्रेसलाई कमजोर बनाएको ओलीले आरोप लगाए। ‘उहाँ (देउवा) सडेको ढोडको लौरो टेकेर हिँड्नु भएको छ। त्यस्ताले के चढ्छन् सगरमाथा ? मुलुकलाई विकास गरेर सगरमाथाजत्तिकै उचाईमा पुर्याउनु छ,’ उनले भने, ‘गठबन्धनको त के कुरा गर्नु ? एमालेसँग डराएर एक्लाएक्लै चुनाव लड्ने हिम्मत पनि छैन। उल्टै एमालेलाई देख्दैनौं भनेर भन्छन्। त्यहाँभित्र एमालेसँग कसैले आँट गर्न सक्छ ? भनेर चर्चा हुन्छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार