१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेठ ४ गतेबाट लाइसेन्सको नयाँ आवेदन खुल्ने

२५ बैशाख २०७९, आईतवार ०९:११

वैशाख २५, काठमाडौ | सवारी चालक अनुमपति पत्र (लाइसेन्स) को नयाँ आवेदन जेठ ४ गतेबाट खुल्ने भएको छ ।‘जेठ १ गत्ते नै खोल्ने भनिएको थियो, निर्वाचनले गर्दा जेठ ४ गते सारिएको हो,’ सूचना अधिकारी पनेरुले भने, ‘कुनै प्राविधिक समस्या नआए तोकिएकै समयभित्र सुरु हुने छ ।’

उनका अनुसार वैशाख अन्तिमसम्म पुराना सबै लाइसेन्स वितरण गरिसकिने छ । ‘पुराना लाइसेन्स जति छन्, अहिले धमाधम प्रिन्ट गर्ने काम भइरहेको छ,’ उनले भने, ‘त्यसैले सबै पुराना लाइसेन्स वितरण गरेर मात्र नयाँ आवेदन खुल्ला गरिन लागेको हो ।’ विभागले वैशाख अन्तिमसम्म सबै लाइसेन्स वितरण गरीसक्ने दाबी गर्दै आएको छ । 

सन् २०२१ को सबै लाइसेन्स प्रिन्ट सकिसकेको छ । सन् २०२२ को मात्र बाँकी रहेको उनको भनाइ छ । लाइसेन्सका लागि आवेदन दिएकाहरुलाई सन् २०२४ नोभेम्बरसम्म समय तोकिएपनि त्यसलाई व्यवस्थापन गर्ने काम भइरहेको उनको दाबी छ । अब पहिलाको जस्तो लामो समय लाइसेन्सका लागि पर्खिनु नपर्ने उनको भनाइ छ । 

आवेदन दिएको १५ दिनभित्र लाइसेन्सका लागि प्रक्रिया अर्थात लिखित र ट्रायल परीक्षा अघि बढाउने गरी कार्यालयले बोलाउने छ । त्यस्तै नवीकरण लाइसेन्सको पनि प्रक्रिया थालेको तीन सातामा काठमाडौंमा र उपत्यका बाहिर एक महिना भित्र उपलब्ध गराइने उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार