२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

भूकम्प पीडितको आवास अधिकारका लागी पुर्नर्निमाणमा सरकार सरकार दृढ भएर लाग्नु पर्ने

२०७२, २५ माघ सोमबार ०९:३१

माघ २५, रसुवा ।
विनाशकारी भूकम्पले क्षती पुगेको भौतिक अवस्थाको पुर्न निर्माणमा सरकार र सरोकारवाला निकायले
ढृढ भएर लाग्नु पर्ने अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) का पूर्व अध्यक्ष तथा राष्ट्रिय
मानवअधिकार आयोगका पूर्व आयुक्त सुशील प्याकुरेलले बताए ।

नागरिकको आवासको अधिकार रक्षाका लागी
अब हुने पुर्ननिर्माण महिला, बालबालिमैत्री मात्र नभई बातावरण , लैङ्गिक मैत्री र सुरक्षित हुनु पर्ने
भएकोले सरकारको मापदण्ड मात्र तथा सवै पक्षको प्रतिबद्धता हुनु पर्ने नागरिक अगुवा तथा ईन्सेकका पुर्व
अध्यक्ष प्याकुरेलले बिस्थापित तथा सवै भूकम्प पीडितहरुका समस्या समाधानका लागी सरकार तथा अन्य
सरोकारवाला निकाय पनि ढृढ भएर लाग्नु पर्ने बताए ।

राष्ट्रिय मानव अधिकार आयोगका पुर्व आयुक्त
समाजका र लोकतान्त्रिक स्वतन्त्रता तथा मानवअधिकार संस्था (डिफ्री) ललितपुरको आयोजनामा ०७२ माघ २३ गते
रसुवा सदरमुकाम धुन्चेमा भएको कार्यक्रममा समाजका अध्यक्ष तथा पुर्व प्रधान न्यायधीष केदारनाथ
उपाध्यायले जिविस हल धुन्चेमा भएको भएकाले ‘बिनाशकारी भूकम्प पश्चातको मानवअधिकारको अवस्था जवाफदेहीता
अभिबृद्धि र सामाजिक न्यायको सुनिष्चतता विषयक ’ अन्तक्रियामा नागरिकको आवास पुर्न निर्माणमा सरकारले
प्राथमिकताका साथ लाग्नु पर्ने बताए । उनले भुगर्भबिद्ले उनीहरुको भुगोलको स्थलगत निरिक्षण गरी उपयुक्र
ठाउँमा बिस्थापितलाई ब्यवस्थित गर्नु पर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी क्षेत्रलाई पनि
सरकारले नियन्यणमा लिएर पारदर्शी नभए कानुनी दायरामा ल्याउनु पर्ने बताए ।

अर्का पुर्व आयुक्त डा
गौरी शंकरलाल दासले नागरिकको गास वास कपास र खाद्य अधिकार कुनै पनि हालतमा कुण्ठित गरिन नहुने बताए ।
कार्यक्रममा नागरिक समाज , पत्रकार , सामाजिक संघ संस्था, राजनीतिक दल, स्थानीय बुद्धिजिवीहरू, भूकम्प
पीडित र बिस्थापितहरू सहभागी थिए ।

कार्यक्रममा सहभागीहरुले अबको पुर्नर्निमाण सरकारी कार्यालय,
विद्यालय, स्वास्थ्य चौकी वा नागरिकका आवासलाई प्राथमिकता दिने ? सरकारले स्पष्ट पार्नु पर्नेमा जोड
दिंदै उहाँले भूकम्प पछि कृषि क्षेत्र बढि प्रभावित भएको गरिवी बढेकोले महिला, बालबालिका, सुत्केरी,
गर्भवती, अपाङ्गता भएकाहरू बढि पीडित हुनु परेको प्याकुरेलले बताउँनुभयो ।

कार्यक्रममा आदिवासी
जनजनति महासंघका कार्साङ तेम्पा तामाङले भूकम्प पछि थुमन गाविस लगायतका स्थानमा अझै नागरिक बेपत्ता भएको
र गाउँ गाउँमा मनोसामाजिक समस्या देखिएको बताए ।

लोकतान्त्रिक स्वतन्त्रता तथा मानवअधिकार संस्था
(डिफ्री) ललितपुरका यज्ञ थापा, नेकपा एमालेका सितेम्पा तामाङ, एनेकपा माओवादीका छेसिङ्गी तामाङले
सरकारले स्थानीय विकास मन्त्रालयमार्फत दिने भनेको जाडोका लागी न्यानो राहतको अत्त पत्तो नभएको बताए ।
गाविस गाविसमा घरधुरी तथ्यांक अद्यावधिक गर्न आवश्यक देखिएको पनि उनले बताए । बिस्थापित समूदायका छेकु
लामाले बिस्थापितहरूले निकै दुःख भोग्नु जाडोको समस्याले सताएको र त्रिशुली १ आयोजनाले कुहिएको चामल
दिएको बताए । उनले भने ‘त्यही आयोजनाले जथाभावी बिस्फोटक पदार्थ बिष्फोटनका असरले गर्दा हाम्रो गाउँ
पहिरोले लग्यो करोडौं राहतमा खर्च गर्ने हल्ला गरेको तर हामीलाई हेरेको छैन ।’ पहिले गुठीको समस्या थियो
अहिले भुकम्पले लखेट्यो बिस्थापित निमादर्के तामाङले भने ‘ पहिरोले पुरै गाउँ बगायो , सदरमुकाममा पनि
बास बस्ने जग्गा छैन कहाँ घर बनाउने , अब हामी कहाँ जाने ? ’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा