सन्देश पौडेल | मनाङ, १९ भदौ । मनाङका ७९ वर्षीय डिल्लीजङ तमु अझै पनि किताब लेख्दै हुन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्देश पौडेल | मनाङ, १९ भदौ । मनाङका ७९ वर्षीय डिल्लीजङ तमु अझै पनि किताब लेख्दै हुन"/>
२०८२, १ चैत्र आईतवार
मनाङ्ग - MNG

यी हुन् १० पुस्तकका लेखक जसले एक कक्षा पनि पढेका छैनन्

२०७३, १९ भाद्र आईतवार ०४:५३

सन्देश पौडेल | मनाङ, १९ भदौ । मनाङका ७९ वर्षीय डिल्लीजङ तमु अझै पनि किताब लेख्दै हुनुहुन्छ । औपचारिक शिक्षामा कक्षा १ पनि अध्ययन नगर्नुभएका तमुले १० वटा पुस्तक प्रकाशन गरी सक्नुभएको छ । 

धारापानी गाविस नाचैका तमुले १० पुस्तक प्रकाशन गर्नका लागि अध्ययन भने कम्ती गर्नुभएको छैन । तत्कालीन पञ्चायतको कारण अध्ययन गर्न नपाएको बताउने तमुले तमु संस्कृतिको खोज तथा अध्ययनका लागि धेरै पहाड चढ्नु परेको बताउनुहुन्छ । “मैले पढेको छैन, तर अध्ययन गरेको छु,” उहाँ भन्नुहुन्छ, “भाषा, लिपि, संस्कृतिको खोजी गर्दै देश–विदेश पुगेको छु, तत्कालीन समयमा त्यो सजिलो थिएन ।” 

उहाँ भन्नुहुन्छ, “इतिहासको जरो भेट्टाउन सजिलो भएन, धेरै पुस्तक पढेँ, धेरै बुढापाकालाई भेटेँे, पुरोहितहरुसँग सङ्गत गरेँ, परिणाम पुस्तक लेख्न सफल भएँ ।” अध्ययन सँगै विभिन्न स्थानमा भाषा, संस्कृतिको बहस गर्दा धेरै विरोध सहनु परेको उहाँ बताउनुहुन्छ । “तमुहरुको लिपि छैन भन्ने पत्ता लगाउने म हुँ”, उहाँ भन्नुहुन्छ, “यो विषयमा बोल्दा मेरो धेरै आलोचना भयो तर यथार्थ यही नै थियो ।” पछिल्लो समय मात्रै अन्य बौद्धिक तमुले आफूलाई बिश्वास र समर्थन गरेको उहाँको भनाइ छ । 

आफ्नो जातीय पहिचानको संरक्षणका लागि लेखेर सङ्घर्ष गरिरहनुभएका तमुले तमु जातिको इतिहास, धर्म संस्कारका बारेमा विभिन्न पुस्तक लेखिसक्नुभएको छ । २०४२ सालमा पहिलोपल्ट तमु नेपाली अङ्ग्रेजी शब्दावली प्रकाशन गर्नुभएका उहाँले २०७१ सालसम्म १० वटा पुस्तक प्रकाशन गरिसक्नुभएको छ । 

उहाँले प्रकाशन गरेका पुस्तकमा तमु जातिको वंशावली, धर्म, संस्कृति, इतिहासका महत्वपूर्ण विषयवस्तु समेटिएका छन् । उहाँले प्रकाशन गरेका पुस्तक अहिले उच्च शिक्षा अध्ययन गर्नेले सहयोगी पुस्तकका रुपमा लिने गरेको बताउँछन् । उहाँले लेखेका पुस्तक विभिन्न विश्वविद्यालयले समेत आफ्नो पाठ्यक्रममा राख्न खोजेको तमु बताउनुहुन्छ । “मैले लेखेका पुस्तकहरु विश्वविद्यालयको पाठ्यक्रममा समावेश गर्ने कुरा थियो, तर मेरा पढाइ नभएर पुस्तकले स्थान पाएन”, उहाँ भन्नुहुन्छ, “अहिले सहयोगी पुस्तकका रुपमा प्रयोग भएका छन् ।” 

देश–विदेशबाट उहाँका पुस्तकको माग भएको उहाँ बताउनुहुन्छ । उच्च शिक्षा लिनेदेखि आफ्नो जातीय संस्कृतिको संरक्षण तथा पहिचान खोजमा लागेकाले उहाँका पुस्तक लिने गरेको उहाँको भनाइ छ । पहिचान संरक्षणमा लागिपर्नुभएका तमु सामाजिक कार्यमा पनि अगाडि हुनुहुन्छ । आफूले औपचारिक अध्ययन गर्न नपाउनुभएका तमुले आफ्नो पहलमा मनाङमा एउटा विद्यालयको स्थापना गर्नुभएको छ । मनाङको एक गुम्बामा स्कुल संस्थापक बन्नुभएका तमुले मनाङकै थोँचेमा पनि अर्को विद्यालय स्थापनाका लागि पहल गर्नुभयो । फलस्वरुप थोँचेमा एउटा माध्यमिक विद्यालय रहेको छ । 

डिल्लीजङको पनि राजनीति गर्ने शोक थियो । “म राजनीति गर्न चाहन्थेँ तर मुलुकको पछिल्लो राजनीतिबाट दिक्क भएको छु, अब कुनै इच्छा छैन ।” तमु जातिको भाषा, धर्म, संस्कृति जगेर्ना गर्न आफ्नो जिन्दगी सुम्पिनुभएका डिल्लीजङले आफ्नो समुदायबाट १५ भन्दा बढी सम्मान पाउनुभएको छ । देश–विदेशमा रहेका तमु जातिसम्बन्धी दर्जनभन्दा बढी सम्प्रदायले उच्च सम्मान उहाँलाई गरेका छन् । 

लेखेर नथाक्ने डिल्लीजङ तमुले आफ्नो कर्तव्यलाई निरन्तरता दिइरहनुभएको छ । अब छिट्टै नै अर्को पुस्तक प्रकाशनको तयारीमा रहेको उहाँ बताउनुहुन्छ । “सास रहेसम्म तमु जातिको भाषा, धर्म, संस्कृतिको संरक्षणका लागि जे सक्छु गर्छु”, उहाँ भन्नुहन्छ, “म मरेर गए पनि मेरो योगदान मर्नेछैन, इतिहास मर्ने छैन ।” (तस्बिर संलग्न छ) रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार