१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाक्लो हुस्सुका कारण सम्पर्कविहीन जहाजको खोजी कार्य रोकियो

१५ जेष्ठ २०७९, आईतवार १३:०९

जेठ १५, काठमाडौं | ८ घण्टादेखि सम्पर्कविहीन तारा एयरको जहाजको खोजी कार्य रोकिएको छ । सम्भावित क्षेत्रमा बाक्लो हुस्सुका कारण खोजी कार्यमा समस्या भइरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नेत्र प्रसाद शर्माले जानकारी दिए । 

खोजी कार्यको लागि हेलिकोप्टर मार्फत् र स्थलमार्ग हुँदै टोली विभिन्न क्षेत्रमा परिचालन गरिएको छ । तर, सम्भावित क्षेत्रमा बाक्लो हुस्सो र हिउँ पर्न थालेपछि आजको लागि खोजी कार्य रोकिएको उनको भनाइ छ । 

मुस्ताङको मानापाथी हिमाल फेदमा रहेको आशंकामा नेपाली सेना, नेपाल प्रहरी र एति एयरको उद्धार टोली त्यसतर्फ परिचालन गरिएको थियो । तर, आजलाई थप उद्धार कार्य गर्न सम्भवन नरहेको भन्दै टोली फिर्ता हुन लागेको सीडीओ शर्माले बताए ।   

जहाजको खोजी कार्यका लागि नेपाली सेनाको ८२ जनाको टोली खटिएको छ । त्यस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र तारा एयरको उद्धार टोली समेत सम्भावित क्षेत्रमा खटिएको छ । 

भोलि मौसम प्रतिकूलताको आधारमा खोजी कार्यमा टोलि परिचालन हुने उनको भनाई छ । आइतबार बिहान पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज १० बजेर ७ मिनेटदेखि सम्पर्कविहिन बनेको थियो । चालकदलका तीन सदस्यसहित २२ जना यात्रुहरूको अवस्था अज्ञात रहेको छ । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक