२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

कर्णालीको भाग्य फेर्ने रारा अर्थात महेन्द्र ताल

१६ जेष्ठ २०७९, सोमबार १०:३२

जेठ १६, मुगु | मुगुस्थित रारा अर्थात महेन्द्र ताल यसको सुन्दरता र उचाइका हिसाबले विश्वमै प्रसिद्ध छ । बालबालिकादेखि वृद्धवृद्धासम्ममा जीवनमा एक पटक यो तालसम्म पुग्ने चाहना नहुने सायदै होलान् । तर, सबैले आफ्ना चाहना पूरा गर्न सक्दैनन् पाउँदैनन् । 

यो ताललाई ‘महेन्द्र ताल’को तामले पनि चिनिन्छ । तत्कालिन राजा महेन्द्र शाहले २०२० सालमा ‘स्वर्गकी अप्सरा’भनेर नामाकरण गरेपछि राराको महत्व झन् बढेको थियो । समुन्द्री सतहबाट यो ताल दुई हजार नौ सय  मिटर उचाइमा छ ।

रारा नेपालको सबैभन्दा ठूलो र कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल पनि हो । यही रारा तालबाटै कर्णालीलाई सम्वृद्ध बनाउने प्रदेश सरकारको योजना छ । 

रारा तालको लम्बाइ पाँच किलोमिटर, चौडाइ तीन किलोमिटर मिटर र गहिराइ एक सय ६७ मिटर छ । ताल वरिपरी हरियाली वन जंगलसहितको अग्ला डाँडाकाँडा भएकाले यहाँ पुग्ने पर्यटकले ‘सिंगारिएकी दुलही’ जस्तै भनेर उपमा दिन्छन् । मौसम खुलेको दिन यस तालले एक दिन तीन पटकसम्म रुप फेर्ने भनाइ छ । 

अनुपम रुपका बापजुद पनि रारा ताल अवलोकनम गर्न जाने विदेशी पर्यटक न्यून छन् । सिजनमा आन्तरिक पर्यटकको भिड लागे पनि अन्य बेला सुनसान जस्तै हुन्छ । यसो हुनुमा यहाँ आसपासमा बास बस्ने होटल र घर नभएका कारण पनि हुनसक्छ । रारा तालको छेउमै डाँफे होटलसहित दुई वटा मात्रै बास बस्ने ठाउँ छ । पर्यटक धेरै भए होटलले पाल टाँगेर राख्ने गरेको छ । 

कसरी पुग्ने रारा ?

रारा ताल जान हवाई तथा स्थलमार्ग दुवै प्रयोग गर्न सकिन्छ । तालको पूरा आकृति हेर्न समुन्द्री सतहबाट करिब चार हजार मिटर उचाईको मुर्मा टप उपयुक्त स्थल हो । 

स्थलमार्ग हुँदै निजी सवारीसाधनमा जाने हो भने ताल नजिकैको सल्लेरीको मिलिचौरमा गएर रोकिन्छ । हवाई मार्गबाट आउँदा ताल्चा विमानस्थलबाट करिब डेढ घन्टा पैदलयात्रा गरेपछि ‘स्वर्गकी अप्सरा’ देखिन्छ । केही वर्षअघि जस्तो अब रारा पुग्न १० दिन हिड्नु पर्दैन । 

काठमाडौंबाट हिँडेको करिब ३० देखि ३२ घन्टामा जुम्ला सदरमुकाम खलंगा पुगिन्छ । यहाँबाट साना गाडी रिर्जब गरेर रारा ताल जान सकिन्छ । तर, खलंगबाट सिन्जा उपत्यका हुँदै मुगु सदरमुकाम गमगढी जाने बस पाइन्छ । गमगडीबाट हिडेर तीन घण्टामा रारा पुग्न सकिन्छ । हवाई मार्गबाट रारा पुग्न भने दुई वटा विमानस्थल प्रयोग गर्न सकिन्छ । बाँकेको नेपालगन्ज विमानस्थल र सुर्खेतबाट ताल्चासम्म नियमित उडान छ । ताल्चा विमानस्थलमा उत्रिएपछि केही घण्टा पैदल यात्रामै रारा पुग्न सकिन्छ । 

राराताल पुरै एक फन्को लगाएर एक रात बास बसेर पनि भोलिपल्ट सहजै हवाई मार्गबाट काठमाडौं आइपुग्न सकिन्छ । हवाई मार्गले रारालाई नजिकै बनाइदिएको छ । तर, कालिकोट, दैलेख, जुम्ला र मुगुको मनोरम पहाड तथा पाटन हेर्दै जानेका लागि भने हवाई मार्ग उचित छैन ।

रारा नजिकै फैलिएको घाँसे मैदान, कोणधारी हरियो वन, चारैतिर ठूला चौर, निलो आकाश, उत्तरतर्फ लस्करै बसेका हिमशृंखला, झरना अनिचिसो सिरेटोसँगै लुकामारी खेलेका सेता बादलको घुम्टोमुनि मनोरम दृश्यले सबैको थकान मेटाइ दिन्छ ।

रारा घुम्ने उपयुक्त समय कुन ?

रारा भ्रमण गर्न उपयुक्त समय चैत, वैशाख, असोज र कार्तिक महिना हो । यहाँ मंसिरदेखि चैतसम्मै हिमपात हुन्छ । तालको पानी समेत जमेको जस्तो देखिन्छ । तर, दसैं तथा तिहारको बीचमा रारा पुग्ने धेरै हुने गरेका छन् । 

ताल्चा–नेपालगन्ज उडान भर्ने जहाजले राराको फन्को लगाइ दिन्छ । जसका कारण अवलोकनकर्ताले आकाशबाट पनि तालको मनोरम दृश्य कैद गर्न सक्छन् । आकाशबाट हेर्दा उपत्यका जस्तो लाग्ने राराको रंग गाढा निलो देखिन्छ । जेठदेखि आसोजसम्मको मौसममा विभिन्न फूल पहिरिएर स्वर्गकी अस्सरा झैं देखिने रारा तालको शोभा रारा निकुन्जमा पाइने कस्तुरी, रतुवा, डाँफेले बढाइदिन्छन् ।

पर्यटक तान्दै रारा  

अहिले रारा तालमा पर्यटकको चहलपहल बढेको छ । पर्यटकले चहलपहलले रारा मुस्कुराइरहेको छ । रारामा युवायुवती मात्र आउँदैनन् दुधे बालकदखि ६० वर्ष नाघेका वृद्धवृद्धा समेत पुग्छन् । 

तर, रारा ताल आसपास एउटा मात्रै होटल हुनु र होटलमा खानाखान र बासको राम्रो व्यवस्था नहुदा कष्ट भएको रारा घुम्न आएकी बुटवलकी शोभा शाक्यले बताइन् । 

उनले भनिन्, ‘यति राम्रो ठाउँमा खाने बस्ने ठाउँ राम्रो नहुँदा नरमाइलो लाग्यो ।’ उनीसँगै रारा आएकी सुशिला तामाङले पनि उस्तै अनु्भव गरेकी छिन् । 

रारा राष्ट्रिय निकुञ्ज मुगुका संरक्षण अधिकृत बद्रिविनोद दाहालका अनुसार रारा किनारभन्दा बाहिर माँझघट्ट, सल्यारी, लामाचौर, ताल्चा एयरर्पाेट, पिना ढुंगेधारा हुटुमा धेरै होटल भएको बताए । पर्यटकले रारा किनारमै होटेले खोज्दा समस्या हुने गरेको उनको भनाइ छ । 

 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै