भदौ १९, जाजरकोट । जाजरकोटको एउटा पेट्रोल डिलरमा आगलागी हुँदा एक जनाको  मृत्यु भएको छ । आगोमा जलेर अन्य चार जना घाइते भएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १९, जाजरकोट । जाजरकोटको एउटा पेट्रोल डिलरमा आगलागी हुँदा एक जनाको  मृत्यु भएको छ । आगोमा जलेर अन्य चार जना घाइते भएक"/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

तीज मनाउन माइत आएकी १९ बर्षीय संगिताको जलेर मृत्य, ४ जना घाइते

१९ भाद्र २०७३, आईतवार ०९:१०

भदौ १९, जाजरकोट । जाजरकोटको एउटा पेट्रोल डिलरमा आगलागी हुँदा एक जनाको  मृत्यु भएको छ । आगोमा जलेर अन्य चार जना घाइते भएका छन् ।

जाजरकोटको भेरीमालिका नगरपालिका–४ मा रहेको पेट्रोल डिलरमा बिहान ११ बजे आगलागी हँदा नायकबाडा– २ कि १९ वर्षे संगिता खत्री बोहराको ज्यान गएको हो । 

बोहरा तीज मनाउन माइत गएकी थिइन् । पेट्रोल डिलर नजिकैको अर्को कोठामा संगीताका माइतीले होटल सञ्चालन गरेका थिए । डिलरमा लागेको आगो सल्किएर होटलमा पुगेपछि उनको मृत्यु भएको हो । 

आगोमा जलेर मानसिंह खत्रीसहित चार जना घाइते भएका छन् । घाइते हुनेहरूमा भेरीमालिका ४ का १८ वर्षीय गोकर्ण चन्द, कार्कीगाउँ ६ का ४३ वर्षीय मानसिंह खत्री,भेरीमालिका ४ का २३ वर्षीय प्रेम राना र सल्यान डाडागाउँ ६ घर भई प्रहरी चौकी गर्खाकोटमा कार्यरत प्रहरी जवान ३० वर्षीय रमेश चन्द रहेको प्रहरीले जानकारी दिएको छ । घाइते चारै जनाको जिल्ला स्वास्थ्य कार्यालयमा प्राथमिक उपचार गरिसकेपछि थप उपचारका लागि नेपालगञ्ज लाने तयारी भइरहको प्रहरीले जनाएको छ । 

ड्रममा तेल खन्याउदै गर्दा ड्रम भरिएर तेल अगेनामा पुगेपछि आगो लागेको प्रहरीले जनाएको छ । आगोमा परेर दुई वटा मोटरसाइकल र घर जेलको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुमान अनुसार ३५ लाख भन्दा बढी क्षति भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव