जेठ २३, काठमाडौँ । गैरकानुनी रुपमा हुण्डीको कारोबार भईरहेको गोप्य सुचनाको आधारमा प्रहरीले एक व्यक्तिलाई नगद सहित पक्राउ गरेको छ ।
काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले सनिबार बारा पचरौता ७ घर भई काठमाडौँ १३ बस्ने ५४ बर्षीय जय कमल साह कलवार पक्राउ गरेको हो । प्रहरीले कलवारबाट स्रोत नखुलेको १७ लाख ६६ हजार ३०० नेपाली रुपैया र १२ लाख ८ हजार ७०० भारतीय रुपैया सहित ३७ लाख २२० रुपयाँ सहित पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका कलवारलाई थप अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहर भवन ललितपुर पठाईएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।