भदौ २०, डडेल्धुरा । सुदूरपश्चिममै पहिलोपटक डडेल्धुरा सदरमुकाम क्षेत्रका सडक छेउ तथा बजारमा सौर्य सडक बत्ती बल्न सुरु गरिएको छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २०, डडेल्धुरा । सुदूरपश्चिममै पहिलोपटक डडेल्धुरा सदरमुकाम क्षेत्रका सडक छेउ तथा बजारमा सौर्य सडक बत्ती बल्न सुरु गरिएको छ"/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

सुदूरपश्चिममै पहिलोपटक सडकमा सौर्यबत्ती

२० भाद्र २०७३, सोमबार ०८:४३

भदौ २०, डडेल्धुरा । सुदूरपश्चिममै पहिलोपटक डडेल्धुरा सदरमुकाम क्षेत्रका सडक छेउ तथा बजारमा सौर्य सडक बत्ती बल्न सुरु गरिएको छ । 

सौर्य सडक बत्ती जडानका लागि गठित दुई उपभोक्ता समितिमध्ये अमरगढी ५, ८, ७ नं वडाको समितिले आइतबार बेलुका अमरगढी–७ पोखरा बजारमा बत्ती बाली सौर्य सडक बत्तीको उद्घाटन समितिका अध्यक्ष मनोज ओझाले बताउनुभएको छ । 

आइतबार बेलुका ६: ३० बजे औपचारिक रुपमा बत्ती बाली उद्घाटन गर्दै सुदूरपश्चिममा नै पहिलो सडक बत्तीका रुपमा सौर्य बत्ती बालिएको हो । सौर्य बत्तीले सडक, बजार झलमल गरेर बत्तीले सुदूरपश्चिमको पहिलो जिल्लाका रुपमा डडेल्धुरालाई चिनाउने अध्यक्ष ओझाले बताउनुभयो । 

सौर्य सडक बत्तीका लागि गठित दुईवटा उपभोक्ता समितिसँग अमरगढी नगरपालिकाको कार्यालयले भदौ १५ गतेभित्र सडक बत्ती बालिसक्नुपर्ने सम्झौता गरिए पनि त्यसको चार दिनपछि आइतबार बत्ती बल्न सुरु भएको हो । 

सडकको मापदण्डअनुसार दायाँबायाँ १५/१५ मिटर छोडी सौर्य सडक बत्ती जडान गर्नुपर्ने भए पनि आवश्यक मुआब्जाका लागि बजेट नहुँदा सडक मापदण्डअनुसार बत्ती जडान हुन सकेको छैन । 

मुआब्जाकै समस्याले बत्ती बल्न चार दिन ढिलो भएको अमरगढी नगरपालिकाले जनाएको छ । अमरगढी नगरपालिकाको बजार क्षेत्रमा सौर्य सडक बत्ती जडानका लागि गत असार २० गते दुई उपभोक्ता समितिले दुई छुट्टाछुट्टै आपूर्तिकर्ताबीच त्रिपक्षीय सम्झौता गरेका थिए । 

बत्ती जडान तथा आपूर्तिका लागि वाइन्ड इनर्जी काठमाडाँै र बायो इन्जिनियरिङ बाँकेसँग त्रिपक्षीय सम्झौता गरिएको थियो । 

सौर्य सडक बत्ती जडानका लागी नेपाल सरकारबाट ६५ प्रतिशत बराबरको २३ लाख ७० हजार आठ सय ८०, नगरपालिका बाट १५ प्रतिशत पाँच लाख ४७ हजार एक सय २८ र उपभोक्ता समिती बाट २० प्रतिशत सात लाख २९ हजार पाँच सय चार गरि कुल ३६ लाख ४७ हजार पाँच सय २० रकम एक उपभोक्ता समितीलाई निकासा गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव