नरी बडु/भदौ २०, बैतडी । चितुवाको आतंकीत क्षेत्रका रुपमा चिनिने बैतडीको तल्लोसोराड क्षेत्रमा आतंक मच्चाउने नरभक्षी चितुवा मार्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु/भदौ २०, बैतडी । चितुवाको आतंकीत क्षेत्रका रुपमा चिनिने बैतडीको तल्लोसोराड क्षेत्रमा आतंक मच्चाउने नरभक्षी चितुवा मार्"/>
२०८२, २७ चैत्र शुक्रबार
काठमाडौँ - KTM

चितुवा मार्न हतियार सहित प्रहरी परिचालन

२०७३, २० भाद्र सोमबार ०९:४३

नरी बडु/भदौ २०, बैतडी । चितुवाको आतंकीत क्षेत्रका रुपमा चिनिने बैतडीको तल्लोसोराड क्षेत्रमा आतंक मच्चाउने नरभक्षी चितुवा मार्न स्थानीय प्रशासनले हतियार सहित १५ जनाको प्रहरी टोली परिचालन गरेको छ ।

नरभक्षि चितुवाले दिनानुदिन मानिसको ज्याल लिन थालेपछि प्रशासले टोली परिचालन गरेको हो । टोलीले सोमबार बिहानै देखि आफ्नो कार्य शुरु गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक बालनरसिंह राणाले बताए ।

तल्लासोराडको उदयदेव गाविसमा यसै महिना चितुवाको आक्रमणबाट दुई जना बालिकाको ज्यान गएको छ । शनिबार राती उदयदेव ९ कफाडीका हिरा चन्दकी ४ बर्षीया छोरी अञ्जली चन्दको ज्यान लिएपछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले चितुवालाई मार्ने निर्णय गरेको थियो ।

आईतबार बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको आकस्मिक बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ९(४) बमोजिम नरभक्षी चितुवालाई मार्नका लागि तत्काल हतियार सहित १५ जना प्रहरीको टोली प्रभावित क्षेत्रमा खटाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले बताए । सोही निर्णय अनुसार हतियार सहितको प्रहरी टोली तल्लोस्वराडको उदयदेवमा पुगेको प्रहरी नायव उपरीक्षक राणाले जानकारी दिए । 

चितुवालाई मार्नका लागि थप सुरक्षाकर्मी परिचालन गर्न सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलसंग पनि कुराकानी भइरहेको उहाँले बताए । प्रहरीले स्थानीयहरुलाई चितुवाको आक्रमणबाट बच्नका लागि स्थानीयहरुसंग सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गर्ने जनाइएको छ । 

तल्लोस्वराडको कुलाउ, बिशालपुर, आमचौरा, महाकाली, पञ्चेश्वर, शर्माली, उदयदेव लगायतका गाविसमा चितुवाको आक्रमणबाट अहिलेसम्म २२ सर्वसाधारणले ज्यान गुमाइसकेका छन् ।

वि सं २०६८ देखि चितुवाले तल्लोस्वराड क्षेत्रमा आक्रमण गर्न सुरु गरेको तथ्याङ्क छ । 

चितुवालाई मार्नका लागि २०६९ सालमा पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी र वनरक्षकहरु टोली खटिएको थियो । उतिबेला चितुवा फेला पार्न नसकेर टोली फर्किएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने