जेठ २९, भक्तपुर | भक्तपुरको मध्यपुर थिमी नगरपलिका–८ बोडेमा ५१ वर्षीय पुरुषको हत्या भएको छ । थिमी नगरपालिका–८ मा बस्दै आएका कल्याण साहुको हत्यामा संलग्न आशंकामा ४ जना आरोपीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए ।

आइतबार बिहान बोडेस्थित लर्ड बुद्ध स्कुल अगाडि कल्याणको शव भेटिएको थियो । घटनास्थलमा फेला परेको काठको फर्मामा रगत देखिएको डिएसपी पाण्डेले बताए । काठको फर्माले हिर्काएर साहुको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
मृतकको शव पोष्टमार्टमका लागि दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजमा राखिएको छ । घटनाबारे प्रहरी वृत्त थिमीले अनुसन्धान गरिरहेको छ ।