भदौ २१, पर्बत । जिल्लाकै सवैभन्दा लामो निर्माणाधिन कुश्मा र मुडिकुवा जोड्ने झोलुङगे पुल निर्माणको अवरोध बनेको विद्युत लाईन हटाईने भएको छ । 

पुल अन्तिम चरणमा पुगेर विद्युत लाईनका कारण रोकिएको थियो । कुश्मावडागाउँ(मुडिकुवा झोलुङगे पुल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २१, पर्बत । जिल्लाकै सवैभन्दा लामो निर्माणाधिन कुश्मा र मुडिकुवा जोड्ने झोलुङगे पुल निर्माणको अवरोध बनेको विद्युत लाईन हटाईने भएको छ । 

पुल अन्तिम चरणमा पुगेर विद्युत लाईनका कारण रोकिएको थियो । कुश्मावडागाउँ(मुडिकुवा झोलुङगे पुल"/>

२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झोलुङगे पुलको अवरोध बनेको विद्युत लाईन हटाइने

२१ भाद्र २०७३, मंगलवार ०६:५१

भदौ २१, पर्बत । जिल्लाकै सवैभन्दा लामो निर्माणाधिन कुश्मा र मुडिकुवा जोड्ने झोलुङगे पुल निर्माणको अवरोध बनेको विद्युत लाईन हटाईने भएको छ । 

पुल अन्तिम चरणमा पुगेर विद्युत लाईनका कारण रोकिएको थियो । कुश्मावडागाउँ(मुडिकुवा झोलुङगे पुल निर्माण उपभोक्ता समितिले विद्युतका कारण पुलको निर्माण सम्पन्न हुन नसकेको भनी गुनासो गरेपछि समाचार बनाईएको थियो । 

केही दिन पहिले समाचार यस दैनिकमा संम्प्रेषण भएसँगै विद्युत प्राधिकरण पर्वतले विद्युत लाईन हटाउन भनी   कर्मचारी खटाइसकेको उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण  तिवारीले जानकारी दिएका छन् । पुलको लठ्ठा तान्न विद्युत लाईनका कारण सकिएको थिएन ।  

विद्युत लाईन अवरोध बनेको कारण महिनौ पहिलेदेखि पुलको निर्माण कार्य रोकिएको उपभोक्ता समितिको गुनासो थियो । उपभोक्ता समितिका अध्यक्ष तिवारीका अनुसार चार वटा लठ्ठा वारिबाट खसालेर मोदिपारि पुराइएको छ भने ८ वटा लठ्ठा तान्न बाँकी छ । 

अध्यक्ष तिवारीले विद्युत लाईनका कारण मुडिकुवाको माथि ढिकमा लठ्ठा पुराउन नसकिएको बताएका थिए । 

पर्वतकै दक्षिणी भेग र कार्कीनेटा क्षेत्रतिर निर्माणाधिन पुल मुन्तिरबाट ३३ केभी क्षमताको विद्युत लाईन प्रसारण गरिरहेको अवस्था छ । प्राधिकरण कार्यालय पर्वतलाई उपभोक्ता समितिले लाइन हटाइदिन अनुरोध गर्दै पत्र पठाएको पनि हप्तौ भईसकेको थियो भने जिल्ला प्रशासन कार्यालय पर्वतले समेत लाईन सारिदिनु हुन भन्ने आशयको पत्र पठाइसकेको थियो । सुनुवाई भएको भने थिएन ।

अव भने झोलुङ्गे पुल निर्माणको कार्य नरोकिने भएको छ । विद्युत प्राधिकरण कार्यालयका अधिकृत विजयराज रेग्मीले भने(‘हाम्रो कुनै नकारात्मक सोचले लाईन हटाउन नखोजिएको हैन । ढिला     गरी मात्र पत्र आएको थियो । अवको ५,६ दिनभित्रमा विद्युतको लाईन हटाइने छ ।’अधिकृत रेग्मीले कर्मचारीहरुलाई काममा खटाइसकेको र ठेकेदारसँग समेत कुराकानी भएको बताए । उनले आफू पनि विद्युत लाईन हटाउनुपर्ने स्थलमा पुगेर निर्देशन समेत दिइएको बताए ।  

दशै तिहारमा सर्वसाधारणलाई पुलबाट आवतजावत  गराउने भन्ने उपभोक्ता समितिको लक्ष्य अव भने पुरा हुने भएको छ । समितिका अध्यक्ष तिवारी खुशी व्यक्त गर्दै भन्छन्(‘विद्युत लाईन हटेपछि अव पुलको निर्माणलाई तीव्रता दिइने छ र दशैमा टाढा टाढाबाट आउने दाजुभाईहरुलाई सजिलै आफ्नो घरगाउँसम्म पुग्न सजिलो हुने विश्वास लिएको छु ।’ 

उनले थपे केहि दिन पहिलेसम्म विद्युतले ढिलो गरिदिदा नसकिएला जस्तो थियो । लाइन हटेर काम थालेपछि दशैभित्र पुल निर्माणको काम सम्पन्न हुनसक्छ भनी तिवारीले विश्वास व्यक्त गरे ।

वडागाउँ(मुडिकुवा झोलुङगे पुलले सदरमुकाम कुश्मासँग पर्वतका दक्षिणी २२ वटा गाविस र बाग्लुङका १० गाविसका वासिन्दाहरुलाई प्रत्यक्ष जोड्ने साथै आवतजावतमा सहज बनाउनेछ । कुल लागत २ करोड ५८ लाख रहेको झोलुङ्गे पुलको लम्वाई ३५९ मी र उचाई १५५ मी रहने ठेकेदार ओम गौचन बताउँछन् । 

यो पुलको निर्माण मुक्तिनाथ एण्ड गीता कन्टूक्सनले गर्दैछ । ठेकदारका अनुसार पुलको निर्माण कार्य डिप निर्माण, हावा लठ्ठाको काम लगायत सकिएको अवस्था छ भने निर्माणका आवश्यक सामाग्री जाली, नट, बल्टु लगायत ल्याई सकिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु