भदौ २१, चितवन । मुग्लिन बजारमा आज बिहान ठूलो मात्रामा लागुऔषध चरेस बरामद भएको छ । 

मध्यक्षेत्र अनुसन्धान "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २१, चितवन । मुग्लिन बजारमा आज बिहान ठूलो मात्रामा लागुऔषध चरेस बरामद भएको छ । 

मध्यक्षेत्र अनुसन्धान "/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मालबाहक ट्रकमा भेटियो २ सय ८२ केजी चरेस

२१ भाद्र २०७३, मंगलवार ०७:०५

भदौ २१, चितवन । मुग्लिन बजारमा आज बिहान ठूलो मात्रामा लागुऔषध चरेस बरामद भएको छ । 

मध्यक्षेत्र अनुसन्धान ब्युरो र जिप्रका चितवनले सुराकका आधारमा २८२ किलो चरेस नियन्त्रणमा लिएको हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार धादिङबाट मुग्लिनतर्फ आउँदै गरेको ना३ख ६२५२ नंको ट्रकमा १४ बोरामा २८२ पोका पारिएको अवस्थामा चरेस नियन्त्रणमा लिइएको हो । 

ट्रकका चालक मकवानपुर जिल्ला नामटार गाविस–९ का ३० वर्षीय कुमार गोलेलाई नियन्त्रणमा लिइएको उनले बताये । चरेस ओसारपसारमा संलग्न भरियाको धादिङमा खोजी भइरहेको छ । यो परिमाणको चरेस जिल्लामा नियन्त्रणमा लिइएको सम्भवतः पहिलो भएको उनले जानकारी दिए । 

यसैबीच आज बिहानै पूर्वी चितवनको भण्डारमा रहेको प्रहरी चौकबिाट २५ किलो गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी उपरीक्षक कुँवरका अनुसार पक्राउ पर्नेमा मकवानपुर, हेटौँडा नगरपालिका–२८ का जीवराज बुलन, हाँडीखोला गाविस–५ का ३९ वर्षीय दीपक लामा र बसका चालक हेटौँडा नगरपालिका–२९ का २३ वर्षीय ईश्वर अर्याल छन् । 

बुलन र लामाको झोलाबाट गाँजा बरामद भएको हो । उनीहरु वीरगन्जबाट काठमाडौँ जान आउँदै गरेको ना५ख ३५०३ नंको बसमा रहेको अवस्थामा प्रहरीले जाँच गर्दा गाँजा बरामद भएको जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव