१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

४ वर्षमा सवा ६ करोड अवैध सम्पत्ति आर्जनको अभियोगमा विध ल्याबका सञ्चालकविरुद्ध मुद्दा दायर

३ असार २०७९, शुक्रबार १२:१५

असार ३, काठमाडौं | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको कलवलगुडीस्थित स्थानीय विकास प्रशिक्षणका तत्कालीन बरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 


भण्डारीले पदमा रहेको बेला गैरकानूनी रुपमा ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ सम्पत्ति आर्जन गरेको ठहर गर्दै आव विशेष अदालत काठमाडौंमा अख्तियारले मुद्दा दायर गरेको हो । 

दायर गरिएको मुद्दामा भण्डारीसँग ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ बिगो दाबी गरिएको छ । 

भण्डारीले २०७३ असोज २१ मा रा.प.अनं. प्रथम श्रेणी बरिष्ठ व्यवस्थापन सहायक पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका थिए । उनले २०७७ साउन १ गते स्वेच्छिक अवकाश लिएका थिए । 

सेवा प्रवेश गरेको मितिदेखि २०७८ पौष मसान्तसम्मलाई जाँच अवधि कायम गरी आय व्यय गणना गर्दा भण्डारीको पारिश्रमिक, श्रीमतीको पारिश्रमिक बचत, कर्मचारी संचय कोषबाट लिएको ऋण सापटी, सार्वजनिक सेवा प्रवेश पूर्वको बचत समेत गरी २६ लाख ६१ हजार ६३६ आय आर्जन गरेको अनुसन्धानमा देखिएको अख्तियारले जनाएको छ । 

सो अवधिमा उनले ६ करोड ५० लाख ६५ हजार ६४२ रुपैयाँ खर्च तथा लगानी गरेको अनुसन्धानमा पाइएको छ । ठूलो रकम गैरकानूनीरुपमा आर्जन गरेको पाइएपछि अख्तियारले मुद्दा दायर गरेको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ