असार ४, काठमाडौँ | तीनदिने औपचारिक भ्रमणमा नेपाल आएका दुबईका राजकुमार शेख मोहम्मद मोक्तुमले नेकपा एमालेका केन्द्रीय सदस्य तथा व्यवसायी दुर्गा प्रसाईलाई सुनको छडी उपहार दिएका छन् ।
झापाको चन्द्रगढी विमानस्थलमा स्वागत गर्ने प्रसाईलाई राजकुमार मोक्तुमले सुनको छडी हस्तान्तरण गरेका हुन् । जिल्लाको इस्टर्न क्यान्सर अस्पतालमा राखिएको पेटको सीटी स्क्यान उपकरणको उद्घाटन गर्न आज बिहान काठमाडौं आएका राजकुमार श्री एयरलाइन्सको चार्टर्ड उडानमा झापा पुगेका हुन् ।
नेकपा एमालेका सदस्य प्रसाईंको विशेष निमन्त्रणामा राजकुमार मोक्तुम नेपाल आएका हुन् । उनको काठमाडौं र पोखरा पनि भ्रमण गर्ने कार्यक्रम छ ।