भदौ २१, ललितपुर । महिला व्यावसायीलाई धम्क्याएर पैसा असुल गर्न खोजेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री श्यासुन्दर गुप्तालाई सहयो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २१, ललितपुर । महिला व्यावसायीलाई धम्क्याएर पैसा असुल गर्न खोजेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री श्यासुन्दर गुप्तालाई सहयो"/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

पूर्व मन्त्री गुप्तालाई सघाएको आरोपमा भैंसेपाटीका इन्स्पेक्टर पक्राउ

२१ भाद्र २०७३, मंगलवार ०८:४४

भदौ २१, ललितपुर । महिला व्यावसायीलाई धम्क्याएर पैसा असुल गर्न खोजेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री श्यासुन्दर गुप्तालाई सहयोग गरेको आरोपमा एक इन्सपेक्टर पनि पक्राउ परेका छन् ।

भैसेपाटी प्रहरी प्रभागका प्रमुख प्रहरी निरीक्षक अनिल पण्डित, गुप्तालाई सघाएको आरोपमा  पक्राउ परेका हुन । गुप्ता पक्राउसँगै प्रहरी निरीक्षक पण्डितलाई पनि नियन्त्रणमा लिएको ललितपुर प्रहरी प्रमुख एसएसपी पीताम्बर अधिकारीले जानकारी दिए । 

प्रहरी निरीक्षक पण्डितको सहयोगमा म्यानपावर व्यवसायी तारा रेग्मीसँग गुप्ताले ५० लाख माग गरेको खुल्न आएको छ ।   पण्डितले सहयोग गरेबापत ७५ हजार लिइसकेको पनि परिसरको अनुसन्धानबाट खुलेको छ । 

करिब ५ महिना अगाडि भैंसेपाटी प्रभागको नेतृत्व गर्न पुगेका इन्स्पेक्टर पण्डितको लामो समयदेखि गुप्तासँग सम्बन्ध रहेको पनि भेटिएको छ । आफनै श्रीमती हत्याको आरोपमा जेल सजायँ काटिरहेका सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालाकी प्रेमीका भनिएकी तारा रेग्मीलाई धम्क्याएको आरोपमा गुप्ता पक्राउ परेका हुन् ।

अदालतबाट ११ महिना १० दिनको सजाँय पाएकी रेग्मीलाई मुद्दा मिलाइदिने भन्दै गुप्ताले ५० लाख माग गरेका थिए । रेग्मी पूर्व डिआईजी रन्जन कोइरालाकी कान्छी श्रीमती हुन् । रञ्जनसँगै रेग्मी पनि गिता ढकाल हत्या काण्डकी आरोपी हुन् । उनैलाई धमक्याउने गुप्तालाई सहयोग गरेको आरोपमा पक्राउ परेका इन्स्पेक्टर पण्डितलाई ललितपुर परिसरको हिरासतमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव