भदौ २१, ललितपुर । महिला व्यावसायीलाई धम्क्याएर पैसा असुल गर्न खोजेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री श्यासुन्दर गुप्तालाई सहयो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २१, ललितपुर । महिला व्यावसायीलाई धम्क्याएर पैसा असुल गर्न खोजेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री श्यासुन्दर गुप्तालाई सहयो"/>
२०८२, २६ चैत्र बिहीबार
काठमाडौँ - KTM

पूर्व मन्त्री गुप्तालाई सघाएको आरोपमा भैंसेपाटीका इन्स्पेक्टर पक्राउ

२०७३, २१ भाद्र मंगलवार ०८:४४

भदौ २१, ललितपुर । महिला व्यावसायीलाई धम्क्याएर पैसा असुल गर्न खोजेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री श्यासुन्दर गुप्तालाई सहयोग गरेको आरोपमा एक इन्सपेक्टर पनि पक्राउ परेका छन् ।

भैसेपाटी प्रहरी प्रभागका प्रमुख प्रहरी निरीक्षक अनिल पण्डित, गुप्तालाई सघाएको आरोपमा  पक्राउ परेका हुन । गुप्ता पक्राउसँगै प्रहरी निरीक्षक पण्डितलाई पनि नियन्त्रणमा लिएको ललितपुर प्रहरी प्रमुख एसएसपी पीताम्बर अधिकारीले जानकारी दिए । 

प्रहरी निरीक्षक पण्डितको सहयोगमा म्यानपावर व्यवसायी तारा रेग्मीसँग गुप्ताले ५० लाख माग गरेको खुल्न आएको छ ।   पण्डितले सहयोग गरेबापत ७५ हजार लिइसकेको पनि परिसरको अनुसन्धानबाट खुलेको छ । 

करिब ५ महिना अगाडि भैंसेपाटी प्रभागको नेतृत्व गर्न पुगेका इन्स्पेक्टर पण्डितको लामो समयदेखि गुप्तासँग सम्बन्ध रहेको पनि भेटिएको छ । आफनै श्रीमती हत्याको आरोपमा जेल सजायँ काटिरहेका सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालाकी प्रेमीका भनिएकी तारा रेग्मीलाई धम्क्याएको आरोपमा गुप्ता पक्राउ परेका हुन् ।

अदालतबाट ११ महिना १० दिनको सजाँय पाएकी रेग्मीलाई मुद्दा मिलाइदिने भन्दै गुप्ताले ५० लाख माग गरेका थिए । रेग्मी पूर्व डिआईजी रन्जन कोइरालाकी कान्छी श्रीमती हुन् । रञ्जनसँगै रेग्मी पनि गिता ढकाल हत्या काण्डकी आरोपी हुन् । उनैलाई धमक्याउने गुप्तालाई सहयोग गरेको आरोपमा पक्राउ परेका इन्स्पेक्टर पण्डितलाई ललितपुर परिसरको हिरासतमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म