प्राधिकरणले एकलौटी रू"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्राधिकरणले एकलौटी रू"/>

१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वायु सेवा सञ्चालक सङ्घलाई क्यानकाे चेतावनी, ‘धाक/धम्की चल्दैन, हवाई क्षेत्रमा हडताल गर्न पाइन्न’

७ असार २०७९, मंगलवार ११:५०

असार ७, काठमाडौं | नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले उडान बन्द गर्ने वायु सेवा सञ्चालक सङ्घको निर्णयमा गम्भीर आपत्ति जनाएको छ ।


प्राधिकरणले एकलौटी रूपमा पूरा गर्नै नसकिने प्रावधान ल्याएको भन्दै सेवा प्रदायकले भोलि बुधवारदेखि आकस्मिकसहितका सबै आन्तरिक उडान बन्द गर्ने चेतावनी दिएका छन् । तर आज नै पत्रकार सम्मेलन गरेर प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले वायु सेवा क्षेत्र अत्यावश्यक क्षेत्र भएकाले बन्द नगर्न चेतानवी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘धाक–धम्की यहाँ चल्दैन, हवाई सुरक्षाका लागि प्राधिकरणले लिएका नियमहरू कार्यान्वयन गर्छ, हवाई क्षेत्र हड्ताल गर्न नपाइने क्षेत्र हो भन्ने कसैले पनि बिर्सनु हुँदैन ।’ 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै जहाजको रात्रि बिसान गर्दा समस्या भएको भन्दै नागरिक उड्डयन प्राधिकरणले आजदेखि लागू हुने गरेर काठमाण्डौबाहिर आधार विमानस्थलमा रात्रि बिसान गरेर मात्रै उडान गर्न पाइने प्रावधान लागू गरेको छ । तर प्राधिकरणले आफूहरूसँग एक पटक पनि छलफल नगरी एकतर्फी रूपमा ल्याएको यो प्रावधान मान्न नसकिने सङ्घको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ