२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तातोपानी नाकामाथि ‘चिसोपानी’ खसेपछि : पहिले व्यापारी, अहिले ज्याला मजदुरी

२०७९, ८ असार बुधबार १०:२२

असार ८, काठमाडौँ | चीनसँग सीमा जोडिएको तातोपानी नाकाबाट आयात–निर्यात सहज नहुँदा व्यवसायी पलायन हुन थालेका छन् । ०७२ सालको विनाशकारी भूकम्पपछि बन्द भएकोे तातोपानी नाका ठूलो तामझामका बीच १५ जेठ ०७६ मा उद्घाटन भई सन्चालनमा आएको थियो । तर, केही बर्षयताको लगातारको बाढी पहिरोका कारण जीर्ण बनेको सडक, कोभिड महामारी लगायतका कारण देखाउँदै करिब डेढ वर्षदेखि यो नाका सुस्त बनेको छ । 


स्थानीय व्यवसायी वेदबहादुर श्रेष्ठ भन्छन्, ‘सभामुख, अर्थमन्त्रीसहितको उच्चस्तरीय टोलीले बेलाबेलामा व्यापार सहजीकरणका लागि नाकास्थलको निरीक्षण गर्ने गरेको छ । तर, चिनियाँहरूले नाकामा सुरक्षा प्रोटोकलमा थप कडाइ गरेको छ । चीनले आफ्नोतर्फबाट हुने निर्यात पनि दैनिक कोटा तोकेर पठाउने गर्छ ।’ 

अहिले नेपाली ट्रक सामान लिन चीन जान पाउँदैन । चीनले नै ड्राइपोर्टसम्म सामग्री ल्याइदिने हुँदा नेपाली व्यापारीले सोचे अनुसारको सामग्री ल्याउन पाउँदैनन् । तातोपानी नाकाबाट भूकम्पअघि हुने स्थानीय सामग्रीको निर्यात पनि अहिले शून्य छ । तातोपानी नाका हुँदै सामग्री ढुबानी गरेर ल्याउँदा धेरै झन्झड व्यहोर्नु पर्ने व्यवसायीहरू बताउँछन् । 

भन्सार प्रमुख नाराद गौतमका अनुसार माथिबाट पहिरो र तलबाट भोटेकोशी नदी कटानले तातोपानीसम्म पुग्ने बाटो भरपर्दाे र सहज छैन । कोदारी क्षेत्रमा अघिल्लो वर्ष गएको पहिरोका कारण क्षति भएको सडक निर्माण नहुँदा समस्यासँगै स्थानीय भने आक्रोसित छन् । नाकाबाट अहिले दिनमा ८–१० वटा कन्टेनर भित्रिन्छन् । मनसुनको समय भएकाले सडकसम्बन्धी जोखिम झन् बढ्दै गएको छ ।

मजदुरलाई जिविका धान्नै मुस्किल

नाका नियमित सन्चालनमा नआउँदा यसको मार सीमाका बासिन्दामा पनि परिरहेका छन् । सीमामा बस्ने अधिकांश स्थानीय व्यापार गरेर जीवन धान्ने गर्थे । अहिले सीमावासी तितरबितर भएका छन्  ।

सीमा गाउँमा खेतीयोग्य जमिन पनि छैन । उनीहरूको प्रमुख पेसा भनेको तातोपानी लिपिङमा झोलेपोके व्यापार नै हो । पछिल्लो समय व्यापारीले भित्र्याउने सामानलाई लोडअनलोड गरेर जिविका चलाउनुपर्ने अवस्थामा छन् । तर, अनेकन चुनौतीले ठूला व्यापारी पलायन हुने अवस्थामा पुग्दा मजदुरीबाट समेत जीविका धान्न मुस्किल पर्न थालेको उनीहरूको दुखेसो छ । 

मजदुर फुर्पा शेर्पा भन्छन्, ‘जग्गा जमिन हुनेले त कमाई गरेर खान्छन्, जग्गा नै नहुनेको बिजोक छ, व्यापारीले भित्र्याउने सामानलाई लोडअनलोड गरेर कमाएको पैसाले जीविका धानेको थियो, नाका बन्द भयो जीवन धान्न गाह्रो छ । कतै जाउँ जाने ठाउँ छैन् ।’

भूकम्पअघि सम्म यहाँ दैनिक १४ सय मालवाहक कन्टेनर, २८ सय चालक र पाँच हजार मजदुर परिवारको चहलपहल हुन्थ्यो । तर, अहिले सुनसान जस्तै बनेको छ ।  व्यवसायी र स्थानीयले सरकारलाई पटक पटक नाका सहज बनाउन आग्रह गर्दै आएका छन् । सरकारले पनि चिनिया पक्षलाई विवरण राख्ने आश्वासन दिने गर्छ । तर, नाका चिनिया अधिकारीको आदेशअनुसार सीमित मात्रै खुल्छ । नाका सहज हुने वातावरण भने अझै पनि बन्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने