‘एक वडा, ए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

‘एक वडा, ए"/>

2026-09-08 10:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

सबै वडाका आधा बजेट एउटै योजनामा खर्चिने गण्डकी गाउँपालिकाकाे तयारी

असार ९, गोरखा | गोरखाको गण्डकी गाउँपालिकाले सबै वडामा विनियोजन हुने रकमको कम्तिमा ५० प्रतिशत बजेट एउटै योजनामा हाल्ने नीति ल्याउने भएको छ । 

‘एक वडा, एक गौरव योजना’ भन्ने नाराका साथ गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट बाँडफाँट गर्दा सबै वडामा विनियोजित बजेटको कम्तिमा ५० प्रतिशत रकम एउटै योजनामा हाल्ने नीति ल्याउन लागेको हो । 

‘यस बिषयमा गाउँ कार्यपालिकामा छलफल गरेर सहमति जुटिसकेको छ । भोलि नै हामी आगामी वर्षको नीति तथा कार्यक्रम ल्याउँदैछौँ’, गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिनाले भने ।

विगत हप्ता दिनदेखि गाउँपालिकाका नवनिर्वाचित टिम नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि योजना तर्जुमाका लागि छलफल गरिरहेका छन् । यस गाउँपालिकामा ८ वटा वडा छन् । गाउँपालिकाले आगामी आवका लागि प्रत्यक वडाका लागि एक करोड रुपैँया विनियोजन गर्ने तयारी गरेको छ । जसमध्य कम्तिमा ५० लाख एउटै योजनामा हाल्ने नीति यस पालिकाको छ । 

गौरवका योजनामा अहिले तत्काल सडक र खानेपानी जस्ता पूर्वाधारको कामलाई प्राथमिकता दिने उनी बताउँछन् । ‘विगतमा टुक्रे बजेट हाल्ने, नयाँ र कच्ची सडक खन्ने, तर बर्खा लागेपछि हिँड्न पनि नसकिने खालको सडक हुने । तर, अब हामीले सडक पुर्वाधार र स्वच्छ खानेपानीलाई प्राथमिकतामा राखेर टुक्रे बजेटलाई निरुत्साहित गर्दै दीर्घकालीन योजनाहरू अघि बढाएर कम्तिमा पाँच वर्षमा देखिने र जनताले महसुस गर्न सक्ने गरि काम गर्नेछौँ’, अध्यक्ष तिमिल्सिनाले भने ।

अन्य नीति तथा कार्यक्रम पालिका भरका जनताको चाहाना र मनोभावना र आवश्यकताका आधारमा ल्याईने उनले बताए । ‘सबै वडाको समग्रमा विकास भएमात्रै पालिकाको विकास देखिने हो, हाम्रो कार्यकालको सुरुवाती वर्ष भएकाले दीर्घकालीन रणनीतिक योजनाको खाका बनाउन लागेका छौँ’, उनले भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित