सप्तरीको बस दुर्घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

Posted on: 23 Jun, 2022

असार ९, सप्तरी | सप्तरीमा बिहीबार भएकाे बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गअन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कंकालिनी मन्दिर र कोशी ब्यारेजमा ना५ख १८९८ नम्बरको बस पल्टिएर दुर्घटना भएको प्रहरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । नाम र ठेगाना खुल्न नसकेका अन्दाजी ६० बर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको काफ्लेको भनाइ छ।


घाइते ११ जनामध्ये ६ जनाको भारदह अस्पतालमा र पाँच जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । दुर्घटनापछि बसका चालक फरार भएका छन् ।यात्रुबाहक बस अनियन्त्रित भइ  सडकभन्दा २० फिट तल खसेकाे  प्रहरीकाे भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!