भदौ २२, गौशाला । महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा अहिले कुकुरले टोकेको बिरामीको सङ्ख्यामा अत्यधिक वृद्धि भएको छ । 

जिल्ला अस्पताल जलेश्वरका अनुसार पहिले–पहिले फाटफुटरुपमा कहिलेकाहीँ एक÷दुईवटा कुकुरले टोकेका बिरामी उपचारका लागि आउ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, गौशाला । महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा अहिले कुकुरले टोकेको बिरामीको सङ्ख्यामा अत्यधिक वृद्धि भएको छ । 

जिल्ला अस्पताल जलेश्वरका अनुसार पहिले–पहिले फाटफुटरुपमा कहिलेकाहीँ एक÷दुईवटा कुकुरले टोकेका बिरामी उपचारका लागि आउ"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

कुकुरले टोकेका बिरामीको सङ्ख्यामा वृद्धि

२२ भाद्र २०७३, बुधबार ०३:५३

भदौ २२, गौशाला । महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा अहिले कुकुरले टोकेको बिरामीको सङ्ख्यामा अत्यधिक वृद्धि भएको छ । 

जिल्ला अस्पताल जलेश्वरका अनुसार पहिले–पहिले फाटफुटरुपमा कहिलेकाहीँ एक÷दुईवटा कुकुरले टोकेका बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल जलेश्वरमा अहिले दैनिक आठ/दशजना कुकुरले टोकेको बिरामी आउने थालेका छन् । 

सो अस्पतालका चिकित्सक साकेश कर्णका अनुसार अहिले कुकुरको प्रजननको बेला, बच्चा उत्पादन गर्ने बेला र बच्चा स्याहार–सुसार गर्ने बेला रहेकाले कुकुरको सम्पर्कमा जाने, जिस्काउने तथा कुकुरका बच्चालाई हानि पु¥याउनेलाई कुकुरले बढी रुपमा टोक्ने गरेको र सोही कारण अहिले जिल्ला अस्पतालमा दैनिक कुकुरले टोकेका बिरामीको चाप बढ्दै गएको बताउनुभयो । 

जम्मा ६६ गाविस र तीन नगरपालिका रहेको महोत्तरीका विभिन्न गाउँठाउँबाट कुकुरले टोकेको बिरामी आउनुका साथै जलेश्वर अस्पतालमा भारतीय बिरामीसमेत उपचारका लागि आउने गरेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा राजीव झाले बताउनुभयो । 

डा झाले अहिले कुकुर निक्कै आक्रामक भएका र कुकुरलाई हानि–नोक्सानी गर्न पुगेका बालबालिकालाई बढीरुपमा कुकुरले टोक्ने गरेको पाइएको बताउनुभयो । उहाँले जिल्ला अस्पतालमा कुकुरले टोकेका बिरामीको चाप निक्कै बढ्न थालेपछि कुकुरले टोकेका बिरामीका लागि दैनिक रुपमा छुट्टै चिकित्सक टोलीको व्यवस्था गरेर बिरामीलाई सेवा दिइने गरिएको बताउनुभयो । 

कुकुरले टोकेको प्रत्येक बिरामीलाई रोगबाट बच्नका लागि ‘प्रोफालेक्सिस’ नामक ‘एन्टिरेबिज भ्याक्सिन’ दिइने गरिएको छ भने घाउको प्रकृति हेरी एकजनालाई तीनदेखि पाँच भाइल (डोज)सम्म भ्याक्सिन दिनु परेको जिल्ला अस्पताल जलेश्वरका प्रमुख डा मणिष पाण्डेले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ