१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमान अवतरण गर्ने बेला रनवेमा मान्छे देखेपछि, विमानले गर्यो ‘ओभरसुट’

१३ असार २०७९, सोमबार ०९:१७

असार १३, काठमाडौँ | कुवेतबाट नेपाल आएको जजिरा एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बेला रनवेमा मान्छे हिँडिरहेकाे देखेपछि पाइलटले विमान पुनः आकाशतिरै उडाउन बाध्य भए।

आइतबार बिहान करिब ३ः२० मा कुवेतबाट १०७ यात्रु लिएर नेपाल आएको जजिरा एयरलाइन्सको जे ९५४१ विमान अवतरणका क्रममा विमान स्थलमा मान्छे हिँडिरहेको देखेपछि पाइलटले तत्काल पुनः आकाशतिर फर्काएर विमान दुर्घटना हुनबाट बचाएका हुन्।


रनवेमा मानिस हिँडडुल गर्न नपाइने भएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवस्थापन पक्षमा भएको लापर्वाहीका कारण १०७ सात यात्रु बोकेको विमान ठूलो दुर्घटना नजिक पुगेको थियो।

विमानले करिब २० मिनेट काठमाडौँको आकाशमै फन्को लगायएर दुर्घटना हुनबाट बचेको थियो। विमानस्थल स्रोतले भने सरसफाईका क्रममा कर्मचारी त्यहाँ गएको बताएको छ।

त्रिभुवन विमानस्थलमा यसअघि पनि यस्ता किसिमका घटना भइरहेको भएपनि यसबारे सम्बन्धित पक्ष सचेत नभएको भन्दै चौतर्फी विरोध भइरहेको छ।

विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रवन्धक प्रेमनाथ ठाकुर भने यो सामान्य प्रकृतिकै घटना भएको बताएका छन्। उनले भने,‘ यो सामान्य प्रकृतिकै घटना हो। आगामी दिनमा यस्तो नहोस् भन्नको लागि बैठक राखेर कर्मचारीलाई सचेत गराउँछौँ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ