१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखरामा आज रोपाईं महोत्सव हुँदै, ५ सयभन्दा बढी विदेशी सहभागी हुने

१५ असार २०७९, बुधबार ०६:१६

आज १५ असार । राष्ट्रिय धान दिवस । पोखरामा पर्यटन व्यवसायीहरुले धान दिवस भव्यताका साथ मनाउदै छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा २५ हेमजास्थित टमाइफाँटमा रहेको १० रोपनी क्षेत्रफलमा रोपाइँ महोत्सव हुन लागेको हो । कोरोना संक्रमणका कारण २ वर्ष रोकिएको १७औं संस्करणको महोत्सव यो वर्ष आयोजना हुँदैछ ।


सबै याममा पर्यटक बोलाउन परिषदले महोत्सव गरेको हो । आन्तरिक तथा वाह्य पर्यटक प्रवर्द्धन गर्दै परम्परागत नेपाली संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले जानकारी दिए ।

‘पोखराको पर्यटनमा सिजन र अफसिजन थियो । ब्यवसायीहरुले नै विभिन्न इभेण्ट आयोजना गरेर हर मौसम घुम्न योग्य बनाएका छौं,’ उनले भने, ‘रोपाईं महोत्सवको महत्व पोखरामा झन् बढी छ । यहाँ विदेशी पर्यटकहरु नै सहभागी हुन्छन् ।’ रोपाईं महोत्सवबारे अध्ययन समेत सुरु भैसकेको छ । हरेक वर्ष विदेशी विद्यार्थीहरुले नेपालको रोपाईं संस्कारबारे अध्ययन गर्न १५ असारका दिन पोखरा आउने गरेका छन् ।

खेतीयोग्य जमिनकाे संरक्षण, कृषिलाई व्यावसायिकरण गर्दै कृषकलाई आफ्नो पेशाप्रति अभिप्रेरित गर्न महोत्सवबाट टेवा पुग्ने विश्वास लिइएको छ । महोत्सवमा साउने प्रतियोगिता, हल गोरुको दौड, हिलोमा माछा समात्ने प्रतियोगिता, दौड, असारे गीत तथा रोपाइँ प्रतियोगिता, नेपाली र विदेशीलाई हिलोमा दौड प्रतियोगिता, उत्कृष्ट कृषक सम्मान लगायतका कार्यक्रम हुनेछन् । प्रतियोगितामा पहिलो हुनेले ७ हजार र दोश्रो हुनेले ५ हजार पुरस्कार पाउनेछन् । पाँच सय विदेशीसहित करिब १० हजार जना सहभागी हुने आयोजकको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ