१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अविरल वर्षाको कारण तीन जिल्लामा डुबानको समस्या

१५ असार २०७९, बुधबार ०८:३०

असार १५, काठमाडौँ | अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । 

झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव ताजपुरियाको कुखुरा फाराममा मंगलबार बाढी पस्दा १ हजार २ सय ब्रोईलर कुखुरा मरेका छन् । पानीका कारण फाराममा करिब १० लाख ४० हजार रूपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । 

झापाकै गौरीगंज गाउँपालिका–४ सुकुम्बासी बस्तीमा मंगलबार कृष्णखोलाबाट बाढी पस्दा १५ घर डुबानमा परेका छन् । ईलाका प्रहरी कार्यालय खजुरगाछिबाट खटिएको प्रहरीले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी ती घर परिवारलाई सोही ठाउँस्थित राष्ट्रिय प्रावि अल्तावारीमा सुरक्षित स्थानान्तरण गरेको छ । 

अविरल वर्षाका कारण झापामा बाढीले ३५ घर डुबानमा Nepalpatra

मोरङको बुढीगंगा गाउँपालिका–१ खात टोलस्थित सिङिया खोलामा मंगलबार पानीको बहाव बढ्दा खात टोलमा रहेका करिब २६ र कटहरी गाउँपालिका–१ टाईगर टोलमा रहेका करिब ६० घरमा पानी पसेको छ । 

इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरीले ती घर परिवारलाई सुरक्षित ठाउँमा सारेको छ । 

मोरङको जहदा गाउँपालिका–१ राजबंशी चोकमा रहेका करिब १४ घर र जहदा गाउँपालिका–२ हरीनगरामा रहेका करिब १०० सय घरमा मंगलबार सिङगीया खोलाको पानी छिरेको छ । ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीले ती घरपरिवारका मानिसहरूलाई सुरक्षित ठाउँमा सारेको छ । 

रूपन्देहीको बुटवल उपमहानगरपालिका–९ मिलनचोकस्थित राम प्रसाद घिमिरेको सिद्वार्थ भूमि इन्टरनेशनल ट्रेडिङ प्रालिको गोदाममा मंगलबार पानी पस्दा गोदाममा रहेका प्लाई, फोरमाइका, ढोका आइटम र किचन बास्केट डुबानमा परी क्षति भएको छ । क्षतिको एकिन विवरण खुल्न सकेको छैन । 

यसैगरी रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ कालिकानगरस्थित सुरेन्द्र पराजुलीको साझा आल्मुनियम प्रालिमा मंगलबार पानी पस्दा २ सय प्याकेट इस्क्रुप, २० प्याकेट रिबिट, २० कार्टुन डोर क्लोजर, २ सय रोल रबर, ५ सय पिस एसिटी, १ सय पिस बोर्ड र ५ सय पिस ग्लास लगायतका धनमाल डुबेर क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ