१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ललितपुरको देउराली बहुद्देश्यीय सहकारी समस्यामा, ग्राहकलाई १० हजार फिर्ता गर्दै व्यवस्थापन

१६ असार २०७९, बिहीबार ०७:१७

असार १६, काठमाडौं | ललितपुर सातदोबाटोस्थित देउराली बहुद्देश्यीय सहकारी संस्था बचतकर्तालाई समयमै बचत फिर्ता गर्न नसक्दा समस्यामा परेको छ । पछिल्ला दिनमा बचत फिर्ताका लागि भीड बढेपछि सहकारीले बचत फिर्ता गर्न नसकेको हो ।

हरेक दिन सहकारी कार्यालयमा पैसा लिन आउनेको भीड देखिने गरेकाे छ । जावलाखेलमा पसल व्यावसाय गर्दै आएका भारत घर भएका  बचतकर्ता राकेश चौधरीले टोकन लिएर मात्रै पैसा निकाल्न पाउने सहकारीले नियम लगाएकोे बताए  । उनले भने, ‘गत सोमबारसम्म टोकन बाँडिएको थियो । अहिले बन्द छ । अब टोकन लिनेले २८ असार मात्रै पैसा पाउँछ ।’

सहकारीबाट टोकन लिएकालाई मात्रै कार्यालय प्रवेश गर्न दिएको छ । आर्थिक वर्षको अन्तिम भएकाले सबै ठाउँमा आर्थिक दबाब रहेको बताउँदै सहकारीले साउनको पहिलो साताबाट कारोबार सुचारु गर्ने बताएको छ । 

सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईले एकैपल्ट ४० लाख रुपैयाँ बचतकर्ताको फिर्ता गर्नुपरेकाले अप्ठ्यारो परेको स्वीकार गरे । उनले भने, ‘हामी भागेका छैनौं । कार्यालय खोलेरै काम गरिरहेका छौं । विस्तारै पैसा फिर्ता गछौं । अहिले पनि दैनिक ३० लाखभन्दा धेरै बचत फिर्ता गरिरहेका छौं ।’

उनका अनुसार बजार प्रतिनिधि अहिले पनि ग्राहकसामु पुगिरहेका छन् । बजारबाट बचत राख्न कर गरिएको छैन, तर ऋण उठाउन भने सहकारीले जोडबल गरिरहेको छ ।

सहकारी कार्यालयमा भेटिएका एक बचतकर्ताले नाम नबताउने सर्तमा आफूले ४० लाख बचत गरेको बताए । उनले भने, ‘हरेक दिन १० हजार बचत फिर्ता गर्ने रे । दिन दिनैटोकन पाइँदैन । मलाई पैसा फिर्ता दिन दुई चार वर्ष लाग्ने भो ।’

पछिल्लो संकट टार्न अध्यक्ष चौलागाई लागेको एक कर्मचारीले बताए । उनले भने, ‘हरेक दिन छलफल र समस्या समाधानका लागि प्रयास भइरहेको छ ।‘ गएको असार पहिलो साता पैसा फिर्ता माग्न आउने हजारको भीड अहिले सयमा झरेको ती कर्मचारीले बताए ।

पछिल्लो समय आफ्नो सबै पैसा फिर्ता माग्न आउने बचतकर्ताको दबाबले सहकारीलाई झन् अप्ठेराे परेको चौलागाई बताउँछन् । भन्छन्, ‘सबैले धर्य गरेर हाम्रो काम र हाम्रो व्यवहार हेरेर विश्वास गरेमा समस्या सुल्याउन सजिलो हुन्छ ।’ सहकारीले सातदोबाटो, नयाँ सडक र सूर्यविनायकमा शाखा कार्यालयमार्फत काराेबार गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ