असार २२, काठमाडौँ | गोरखाको सिरानचोक गाउँपालिका–४ राम्चेमा वुधबार दिउँसो बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

घाइतेमध्ये पाँच जनालाई उपचारका लागि चितवन रिफर गरिएको र बाँकी १५ जनाको छेपेटारस्थित पृथ्वीनारायण सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुको अवस्था सामान्य छ । नारायणगढबाट भच्चेक जाँदै गरेको ना ५ ख ५३०५ नम्बरको बस अनियन्त्रित भई सडकमै पल्टिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी लीलाराज लामिछानेले बताए ।