२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कारको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

२०७९, २५ श्रावण बुधबार ११:४१

साउन २५, सर्लाही | पूर्व-पश्चिम राजमार्गस्थित सर्लाहीको हरिवनमा कारको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । 

बुधबार बिहान कारको ठक्करबाट मोटरसाइकलमा सवार हरिवन नगरपालिका–११, निवासी ३८ वर्षीय गुरुप्रसाद ढुंगेल गम्भीर घाइते भएका थिए । घाइते ढुंगेलको उपचारको क्रममा बिरगंजमा मृत्यु भएको हो । ढुंगेल सवार पूर्वबाट पश्चिमतर्फ आइरहेको ना३३प २२९५ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आएको बा७च ९२२२ नम्बरको कारले ठक्कर दिएको इलाका प्रहरी कार्यलय हरिवनले जनाएको हो । 

प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका ढुंगेलको वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । ढुंगेल हरिवन बजारस्थित घरबाट साढे एघार बजे खाना खाएर नयाँरोड पसलमा जाने क्रममा दुर्घटनामा परेको थिए । मृतक ढुंगेल नयाँरोडमा पशुपती मोटर पार्ट्स सञ्चालक हुन् । घटनामा संलग्न कार र कार चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । 

घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ । मृतकको शव बिरगंजमै पोष्ट मार्टम गरी सर्लाही ल्याउने तयारी भइरहेको पारिवारिक श्रोतले जनाएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल