१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कारको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

२५ श्रावण २०७९, बुधबार ११:४१

साउन २५, सर्लाही | पूर्व-पश्चिम राजमार्गस्थित सर्लाहीको हरिवनमा कारको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । 

बुधबार बिहान कारको ठक्करबाट मोटरसाइकलमा सवार हरिवन नगरपालिका–११, निवासी ३८ वर्षीय गुरुप्रसाद ढुंगेल गम्भीर घाइते भएका थिए । घाइते ढुंगेलको उपचारको क्रममा बिरगंजमा मृत्यु भएको हो । ढुंगेल सवार पूर्वबाट पश्चिमतर्फ आइरहेको ना३३प २२९५ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आएको बा७च ९२२२ नम्बरको कारले ठक्कर दिएको इलाका प्रहरी कार्यलय हरिवनले जनाएको हो । 

प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका ढुंगेलको वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । ढुंगेल हरिवन बजारस्थित घरबाट साढे एघार बजे खाना खाएर नयाँरोड पसलमा जाने क्रममा दुर्घटनामा परेको थिए । मृतक ढुंगेल नयाँरोडमा पशुपती मोटर पार्ट्स सञ्चालक हुन् । घटनामा संलग्न कार र कार चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । 

घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ । मृतकको शव बिरगंजमै पोष्ट मार्टम गरी सर्लाही ल्याउने तयारी भइरहेको पारिवारिक श्रोतले जनाएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार