२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जिप दुर्घटनामा एकै घरका दुई बहिनीसहित चालकको मृत्यु

२०७९, ३० श्रावण सोमबार ०६:५९

साउन ३०, प्यूठान | प्यूठानमा जिप दुर्घटना हुँदा एकै घरका दुई बहिनीसहित चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा नौबहिनी गाउँपालिका ५ डाम्रीका रेमसरा बुढामगरकी २५ दिने शिशु चेतना बुढामगर, ४ वर्षीया करुणा बुढामगर र सोही ठाउँ निवासी जिप चालक २५ वर्षीय लुकेश थापाको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।


आइतबार बेलुका करिब ६ बजेतिर बाग्दुलाबाट डाम्रीतर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जिप नौबहिनी ६ बाहाने बजार नजिकै घुम्तीमा अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

दुर्घटनामा परी घाइते हुनेहरूमा ऐरावती गाउँपालिका ५ खवाङका २८ वर्षीय गोविन्द केसी, नौबहिनी  २  का २६ वर्षीया लक्ष्मी घर्तीमगर, सोही ठाउँका ५२ वर्षीय मीनराम सुनार, ३० वर्षीय दल बहादुर खत्री, नौबहिनी १ का २६ वर्षीय इन्द्र बहादुर बुढामगर, नौबहिनी ५ का २३ वर्षीय रविन घर्तीमगर, १८ वर्षीय धनमाला थापामगर,  ११ वर्षीय रोशन थापामगर घाइते भएका छन्।

यस्तै २८ वर्षीय हुम बहादुर बुढामगर, २८ वर्षीय मीनराज राना क्षेत्री, ६० वर्षीया दिलसरी विक, २२ वर्षीया दिलमाया थापा, ११ वर्षीया रियासा थापा, २५ वर्षीय रेमसरा बुढामगर, ४० वर्षीय गिरबहादुर सुनार र रोल्पा लुङ्ग्री गाउँपालिका १ की १२ वर्षीया अस्मिता पुनमगर घाइते भएका छन्।

जिपमा १९ जना सवार थिए भने ३ जनाको मृत्यु हो। बाँकी १६ जनाको जिल्ला अस्पताल प्युठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक तथा प्रवक्ता सुशील थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने