२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

कार्बनडाइअक्साइड लिएर अक्सिजन निकाल्ने मेसिन ललितपुर महानगरमा

२०७९, ३ भाद्र शुक्रबार १०:०२

भदौ ३, ललितपुर | ललितपुर महानगरमा वायुमण्डलबाट कार्बनडाइअक्साड लिई त्यसलाई अक्सिजनमा परिणत गर्ने मेसिन ‘एल्गी रियाक्टर’ राखिएको छ। 

यो मेसिनले मासिक १५ सय लिटर अक्सिजन उत्पादन गर्छ। मेसिनले उत्पादन गरेको अक्सिजन वातावरणमा नै मिसिन्छ। जबकि धेरै अक्सिजन उत्पादन गर्ने भनिएको पिपलको रुखले मासिक ५० लिटर अक्सिजन उत्पादन गर्ने अध्ययनहरुले बताउँछ। 


बागमती प्रदेश सरकार र वातावरण संरक्षणको क्षेत्रमा काम गर्ने संस्था इसिमोडको सहयोगमा च्याउ बायो टेक्नोलोजीजले उक्त मेसिन निर्माण गरेको हो । यो मेसिन अहिले ललितपुरको पुल्चोक र जावलाखेलमा राखिएको छ। 

उक्त मेसिनको ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, बागमती प्रदेश सांसद विजय के.सी. श्रेष्ठ र पूर्वमन्त्री इन्द्र बानियाँले उक्त मेसिनको उद्घाटन गरे । 

नगरप्रमुख चिरीबाबु महर्जनले वातावरण संरक्षण अहिलेको मुख्य चुनौती भएको बताए। ललितपुर महानगर नयाँ र नौलो काम गर्न रुचाउने बताउँदै वातावरण संरक्षणमा युवा पुस्ताले गरेको कामको प्रसंशा गरे। नगरप्रमुख महर्जनले महानगरको अन्य स्थानमा पनि राख्ने प्रतिबद्धता व्यक्त गरे। 

बागमती प्रदेश सांसद विजया केसी श्रेष्ठले पूर्वमन्त्री इन्द्र वानियाँले प्रदेशभित्र रहेका नगरपालिका जहाँ धेरै प्रदुषण छ, त्यहाँ यो मेसिन राख्नुपर्ने बताए। बागमती प्रदेशले ति निर्माण गरेर प्रदेशभित्रका नगरपालिकाका विभिन्न स्थानमा यो मेसिन राख्ने व्यवस्था मिलाउनुपर्ने बताए। उनले युवा वैज्ञानिकहरुको कामको उच्च प्रसंशा गरे। 

नेपाली कांग्रेसका संसदीय दलका नेता समेत रहेका बाँनियाले विकासलाई प्रविधिसँग जोड्नु अत्यावश्यक भएको बताए। शिक्षाविद् केदारभक्त माथेमाले नेपालमै बसेर काम गर्ने च्याउ बायो टेक्नोलोजीजका युवाहरुलाई सरकारले प्रोत्साहित गर्नुपर्ने बताए। 

च्याउ बायो टेक्नोलोजीजका संस्थापक मेकानिकल इन्जिनियर गुन्जन घिमिरेले हावामा भएको कार्बनडाइअक्साइडलाई अक्सिजन बनाउने बताए। यो मेसिन विरुवाको विकल्प नभएको बताउँदै प्रदुषण धेरै भएको ठाउँमा यो मेसिन राख्न सकिने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ