१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

कार्बनडाइअक्साइड लिएर अक्सिजन निकाल्ने मेसिन ललितपुर महानगरमा

३ भाद्र २०७९, शुक्रबार १०:०२

भदौ ३, ललितपुर | ललितपुर महानगरमा वायुमण्डलबाट कार्बनडाइअक्साड लिई त्यसलाई अक्सिजनमा परिणत गर्ने मेसिन ‘एल्गी रियाक्टर’ राखिएको छ। 

यो मेसिनले मासिक १५ सय लिटर अक्सिजन उत्पादन गर्छ। मेसिनले उत्पादन गरेको अक्सिजन वातावरणमा नै मिसिन्छ। जबकि धेरै अक्सिजन उत्पादन गर्ने भनिएको पिपलको रुखले मासिक ५० लिटर अक्सिजन उत्पादन गर्ने अध्ययनहरुले बताउँछ। 


बागमती प्रदेश सरकार र वातावरण संरक्षणको क्षेत्रमा काम गर्ने संस्था इसिमोडको सहयोगमा च्याउ बायो टेक्नोलोजीजले उक्त मेसिन निर्माण गरेको हो । यो मेसिन अहिले ललितपुरको पुल्चोक र जावलाखेलमा राखिएको छ। 

उक्त मेसिनको ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, बागमती प्रदेश सांसद विजय के.सी. श्रेष्ठ र पूर्वमन्त्री इन्द्र बानियाँले उक्त मेसिनको उद्घाटन गरे । 

नगरप्रमुख चिरीबाबु महर्जनले वातावरण संरक्षण अहिलेको मुख्य चुनौती भएको बताए। ललितपुर महानगर नयाँ र नौलो काम गर्न रुचाउने बताउँदै वातावरण संरक्षणमा युवा पुस्ताले गरेको कामको प्रसंशा गरे। नगरप्रमुख महर्जनले महानगरको अन्य स्थानमा पनि राख्ने प्रतिबद्धता व्यक्त गरे। 

बागमती प्रदेश सांसद विजया केसी श्रेष्ठले पूर्वमन्त्री इन्द्र वानियाँले प्रदेशभित्र रहेका नगरपालिका जहाँ धेरै प्रदुषण छ, त्यहाँ यो मेसिन राख्नुपर्ने बताए। बागमती प्रदेशले ति निर्माण गरेर प्रदेशभित्रका नगरपालिकाका विभिन्न स्थानमा यो मेसिन राख्ने व्यवस्था मिलाउनुपर्ने बताए। उनले युवा वैज्ञानिकहरुको कामको उच्च प्रसंशा गरे। 

नेपाली कांग्रेसका संसदीय दलका नेता समेत रहेका बाँनियाले विकासलाई प्रविधिसँग जोड्नु अत्यावश्यक भएको बताए। शिक्षाविद् केदारभक्त माथेमाले नेपालमै बसेर काम गर्ने च्याउ बायो टेक्नोलोजीजका युवाहरुलाई सरकारले प्रोत्साहित गर्नुपर्ने बताए। 

च्याउ बायो टेक्नोलोजीजका संस्थापक मेकानिकल इन्जिनियर गुन्जन घिमिरेले हावामा भएको कार्बनडाइअक्साइडलाई अक्सिजन बनाउने बताए। यो मेसिन विरुवाको विकल्प नभएको बताउँदै प्रदुषण धेरै भएको ठाउँमा यो मेसिन राख्न सकिने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार