पूर्णप्रसाद न्यौपाने/भदौ २९, ओखलढुंगा । रावादोलुका पेम्बा शेर्पा गत मंगलबार नागरिकता बनाउन इलाका प्रशासन कार्यालय खिजीफलाटे पुग्नुभयो,कार्यालयमा नपुग्दा सम्म उहाँलाई लागेको थियो छिट्टै नागरिकता बनाएर फर्कन्छु बेलैमा घर पुग्छु । तर कार्यालय पुगेपछि उहाँको"/> Sajhasabal पूर्णप्रसाद न्यौपाने/भदौ २९, ओखलढुंगा । रावादोलुका पेम्बा शेर्पा गत मंगलबार नागरिकता बनाउन इलाका प्रशासन कार्यालय खिजीफलाटे पुग्नुभयो,कार्यालयमा नपुग्दा सम्म उहाँलाई लागेको थियो छिट्टै नागरिकता बनाएर फर्कन्छु बेलैमा घर पुग्छु । तर कार्यालय पुगेपछि उहाँको"/>
२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

इलाका प्रशासन कार्यालय खिजीफलाटेको सेवा प्रभावकारी नभएको स्थानियको गुनासो

२९ भाद्र २०७३, बुधबार १०:०२

पूर्णप्रसाद न्यौपाने/भदौ २९, ओखलढुंगा । रावादोलुका पेम्बा शेर्पा गत मंगलबार नागरिकता बनाउन इलाका प्रशासन कार्यालय खिजीफलाटे पुग्नुभयो,कार्यालयमा नपुग्दा सम्म उहाँलाई लागेको थियो छिट्टै नागरिकता बनाएर फर्कन्छु बेलैमा घर पुग्छु । तर कार्यालय पुगेपछि उहाँको त्यो सबै योजना र उत्साह  फेल खायो । ‘बुढो भएको बुबालाई लिएर नागरिकता बनाउन आएको गाविस सचिव पनि भेटिएन,ईलाका प्रशासनका प्रमुख नभएकाले कामै भएन’ शेर्पाले दुखेसो गर्दै भन्नुभयो‘दुर्गमका जनतालाई सँधै राज्यले ठग्यो,यो पनि आँखामा छारो हालेको रहेछ ।’ पेम्बाको जस्तो समस्या ईलाका प्रशासन कार्यालयमा सेवालिन पुगेका धेरैले भोगेका छन् ।

‘अहिले सम्म त ईलाका प्रशासनको सेवा हात्ती आयो हात्ती आयो फुस्सा भनेझै भएको छ,अपेक्षीत छैन’स्थानिय एक नेताले नाम नबताउने सर्तमा भन्नुभयो‘ईलाका प्रशासन कार्यालय घर छेउमा स्थापना भएको छ तर सेवा लिनचाँहि यहाँका जनतालाई सदरमुकाम नै पुग्नुपर्ने बाध्यता छ ।’ईकाला प्रशासन स्थापना भएपनि जनशक्तीको व्यवस्था र आवश्यक पुर्वाधारको विकास हुन नसक्दा ईकाला प्रशासनको सेवा प्रभावकारी हुन नसकेको स्थानियको भनाई छ ।

जिल्लाको पश्चिमी भेगका नागरिकहरुलाई सेवा प्रवाहमा सहजता ल्याउन उद्देश्यले गत बैशाख २३ गते खिजीफलाटेमा इलाका प्रशासन कार्यालय उद्घाटन गरिएको थियो । पूर्व मन्त्री देखि वर्तमान  सांसद र सरकारी उच्च अधिकारीहरुको उपस्थितीमा ईलाका प्रशासन उद्घाटन गर्दा उत्साहित बनेका स्थानिय सेवा अपेक्षीत नपाउँदा निरास बनेका छन् । ईलाका प्रशासन कार्यालय स्थापना भएकै दिन ६ जनाले नागरिकता लिएका थिए । करिब ५ महिनाको अवधिमा १ सय १७ जनाले नयाँ नागरिकता लिएका छन् । ईलाका प्रशासनले अहिले नागरिकता वितरण र विभिन्न सिफारीस दिनेकाम गरिरहेको छ ।

ईलाका प्रकाशन कार्याको सेवा प्रभावकारी बनाउन सके जिल्लाको पश्चिमी क्षेत्रका नागरिकलाई दुई दिन लगाएर सदरमुकाम धाउनु पर्ने बाध्यता पूर्णरुपमा हट्ने छ । इलाका प्रशासन कार्यालयबाट दुर्गम गाविसहरु  भुसिंगा, रावादोलु, खिजीकाती, खिजीचण्डेश्वरी, खिजीफलाटे, रगनी, पोकली,गाम्नाङ लगायत एक दर्जन भन्दा बढी गाविसका स्थानियबासीहरु लाभान्वीत हुनेछन् ।

सेवा प्रवाहमा समस्यै समस्या

ईलाका प्रशासन कार्यालय खिजीफलाटेको सेवा प्रभावकारी नहुनुको पछाडि थुप्रै कारणहरु रहेको कार्यालय प्रमुख तिर्थ खड्काले बताउनुभयो । ‘भर्खर सुरु भएको हो त्यसैले अपेक्षीत रुपमा प्रभावकारी नहुनु सामान्य हो’ खड्काले भिजन नेपाल साप्ताहिकसँग भन्नुभयो‘सेवालाई गुणस्तरीय बनाउन हामी प्रयास गरिरहेका छौँ तर अनेकौँ समस्या छन् ।’ 

खड्काले त्यस क्षेत्रका गाविस सचिवहरु गाँउमा नबस्दा र कार्यालयमा लेण्डलाईन फोन नहुँदा फ्याक्स र ईन्टरनेटको पहुँच पनि नभएकाले प्रभावकारी सेवा दिन नसकेको बताउनुभयो । सुरु देखि नै कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्नु भएका तिर्थ खड्काले  कार्यालयको अधिकांश काम सदरमुकाम आएर आफैँले गर्नुपर्ने भएकाले आफु सदरमुकाम आएको बेला नागरिकता वितरणको काम ठप्पहुने गरेको समेत स्विकार गर्नुभयो । विद्यमान समस्याहरु समाधान नहुँदा सम्म ईलाका प्रशासनले गुणस्तरीय सेवा प्रवाह गर्न नसक्ने उहाँको भनाई छ । 

‘गाविस सचिवहरु गाँउमा नहुने  र कार्यालयमा फोन,फ्याक्स,नेट नहुँदा सम्म यस्तै हो,राम्रो सेवा कसरी दिनु ?’ 

खड्काले भन्नुभयो ‘समस्याबारे माथील्लो निकायलाई जानकारी गराईसकेको छु,सचिव गाँउमा नहुँदा सिफारीस गर्ने कस्ले ? अनि अहिलेको समयमा फोन,फ्याक्स,नेट नभएको कार्यालयमा माथील्ला निर्देशनहरु कसरी लिनु ? र समन्वय कसरी गर्नु ?’ अनेकौँ समस्याका कारण सेवा प्रवाह भने जस्तो गर्न नसकिएको उहाँको भनाई छ ।

गाविस सचिव गाँउमा नहुँदा झन समस्या

ओखलढुंगाका गाविस  सचिवहरु सदरमुकाम केन्द्रित मात्रै भएका आवाजहरु पटक पटक उठ्ने गरेका छन् । 

तर पनि विगत भन्दा अहिले सचिवहरु धेरै समय गाँउ जाने गरेका त छन् तर अझै पनि ईलाका नंं. ६ र आसपासका कतिपय गाविस सचिवहरु बढिजसो सदरमुकाममा देखिने गरेका छन् । ईलाका प्रशासन कार्यालय खिजीफलाटेमा स्थापना भएपछि त्यहाँबाटै सेवा प्रवाहमा जोड दिनुपर्ने बेला अझै पनि केहि सचिवहरु सदरमुकाम केन्द्रित नै भएर बसेका छन् । 

स्रोतका अनुसार रावादोलु र भुसिङ्गा गाविसका सचिव लक्ष्मीदास सैजु र खिजीकाती गाविसका सचिव कालिबहादुर राई त्यो ईलाकाका गाविसमा कम उपस्थित हुने सचिव हुन् । ईलाका प्रशासन कार्यालयका सेवाग्राहिको तथ्याङ्क हेर्दा पनि सचिव गाँउमा नसस्ने गाविसका सेवाग्राहिको संख्या अत्यन्तै न्यून छ । 

तर जिल्ला प्रशासन कार्यालयमा सेवाका लागि धाउने सर्वसाधारणले भने गाउँमा सचिव नभएकै कारण सिफारीस बनाउन सदरमुकाम आएको र सदरमुकाम आएकाबेला जिल्ला प्रशासनबाटै नागरिकता बनाएको प्रतिक्रिया दिनेगरेका छन् ।

सचिवहरुका आफ्नै पनि समस्या र बाध्यता

सँधैजसो गाँउमा बसेर सेवा प्रवाह नगरेको विषयमा गाविस सचिवका विषयमा विभिन्न टिक्का टिप्पणीहरु हुने गरेका छन् । 

तर गाँउ र सदरमुकाम जोड्ने माध्यम मात्रै नभई जनप्रतिनिधी विहिन अवस्थामा सिङ्गो स्थानिय निकायको जिम्मेवारी सम्हालेर बसेका गाविस सचिवहरुले जनताका सामान्य चाहाना पनि पुरा गर्न नसकेका आवाजहरु पनि उठ्ने  गरेका छन् यता गाविस सचिवहरुले भने कामको बढि बोझ भएकाले कतिपय अवस्थामा चाहेर पनि गाँउमा बसेर काम गर्न नसकेको बताउने गरेका छन् । केहि गाविस सचिवहरुले भने सदरमुकाममै गाविस सचिव बस्नुपर्ने जनताको माग रहेको भन्ने गैरजिम्मेवार जवाफ समेत दिने गरेका छन् ।

भूकम्प पछि सदरमुकाममा अनुदान सम्झौता र वितरण,विभिन्न छलफल र अन्तरक्र्रिया लगाएतमा भागलिनु पर्ने भएकाले पनि सदरमुकाम बस्नुपर्ने सचिवहरुको बाध्यता छ । ‘हामीले गाँउमा बसेर पनि सेवा दिईरहेका छौँ,काम पर्छ सदरमुकाम पपनि नआई हुँदैन’ खिजीफलाटे गाविसका सचिव लक्ष्मी पौडेलले भन्नुभयो‘ हाम्रा धेरै समस्या र बाध्यता छन्,जो चाहेर पनि सँधै गाउँ बस्न सकिन्न र गाँउमा बस्दा पनि सँधै काम हुँदैन,नबस्दा पनि जनताले चाहेका बेला सेवा पाउँदैनन ।’ कतिपय गाविस सचिवहरुले गाँउमा गाविस भवन नभएको,गाँउमा बसेर सेवा गर्ने वातावरण नभएको लगाएतका बहाना पनि बनाउँदै आएका छन् ।

 तर विगत भन्दा भूकम्प पछि गाँउमा गाविस सचिवको उपस्थिती बढ्दो छ । वर्तमान स्थानिय विकास अधिकारी यज्ञवहादुर खत्रीले स्थानिय विकास अधिकारीको जिम्मेवारी सम्हालेर आउँदा गाविस सचिवहरुलाई गाँउमै बसेर काम गर्ने व्यवस्था मिलाउने आफ्नो पहिलोकाम हुने प्रतिवद्धता जनाउनु भएको भएपनि हाल सम्म उहाँकोे त्यो प्रतिवद्धता पुरा हुन सकेको छैन । सचिवहरु गाँउमा नहुँदा ईलाका प्रशासनको सेवा नै ठप्प हुने अवस्था आएको छ ।

समस्या समाधान हुन्छ: प्रजिअ अधिकारी

ईलाका प्रशासन कार्यालय खिजीफलाटेको सेवा थप प्रभावकारी बनाउने विषयमा पहल भईरहेको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो । 

भिजन नेपाल साप्ताहिकसँग कुरा गर्दै उहाँले जनशक्ति थप्ने,भौतीक पुर्वाधारहरु निर्माण गर्ने,टेलीफाने जोड्ने तथा ईन्टरनेट र फ्याक्स जोड्ने लगाएतका सबै कामहरु केहि समय भित्रै हुने बताउनु  भएको हो । 

उहाँले त्यस क्षेत्रका गाविस सचिवहरुलाई गाँउ गएर सेवा दिन आफुले पटक पटक निर्देशनात्मक आग्रह गरिरहेको समेत बताउनुभयो । गाँउघरको सेवा प्रभावकारी बनाउन त्यस क्षेत्रका स्थानियले पनि महत्वपूर्ण भूमिका खेल्नुपर्ने उहाँको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा माओवादीका अध्यक्ष प्रचण्डले बोलाए विपक्षी दलको बैठक साफ महिला च्याम्पियनसिप: आज नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि…