प्रकाश धौलाकोटी/भदौ ३०, तेह्रथुम । उपत्यकामा विशेष महत्वकासाथ मनाइने सांस्कृतिक पर्व इन्द्रजात्रा यसवर्ष पहिलो पटक तेह्रथुममा पनि विशेष कार्यक्रम गरी मनाइएको छ । झिंगु परोकार समाज तथा मिसा पुचः को संयुक्त आयोजनामा विहीबार वर्षा र सहकालका देवता इन्द्रको प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी/भदौ ३०, तेह्रथुम । उपत्यकामा विशेष महत्वकासाथ मनाइने सांस्कृतिक पर्व इन्द्रजात्रा यसवर्ष पहिलो पटक तेह्रथुममा पनि विशेष कार्यक्रम गरी मनाइएको छ । झिंगु परोकार समाज तथा मिसा पुचः को संयुक्त आयोजनामा विहीबार वर्षा र सहकालका देवता इन्द्रको प"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा पहिलो पटक इन्द्रजात्रा मनाइयो

३० भाद्र २०७३, बिहीबार १२:५९

प्रकाश धौलाकोटी/भदौ ३०, तेह्रथुम । उपत्यकामा विशेष महत्वकासाथ मनाइने सांस्कृतिक पर्व इन्द्रजात्रा यसवर्ष पहिलो पटक तेह्रथुममा पनि विशेष कार्यक्रम गरी मनाइएको छ । झिंगु परोकार समाज तथा मिसा पुचः को संयुक्त आयोजनामा विहीबार वर्षा र सहकालका देवता इन्द्रको पुजा आराधनासहित इन्द्रजात्रा मनाइएको हो । 

हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व विशेषगरी उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुर  तथा धुलिखेल र दोलखा लगायत ठाउँमा मात्रै मनाइन्थ्यो । तर यो वर्षबाट यहाँको नेवारी समुदायको अगुवाईमा मनाउन थालिएको हो । 

म्याङलुङ्गस्थित सिंहवाहिनी मन्दिर अगाडि आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने र राजनीतिक दलहरुको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति गोविन्द ढुंगानाले पर्वका अवसरमा शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा झिंगु परोपकार समाजका पुर्वअध्यक्ष नारायणलाल श्रेष्ठले कार्यक्रमको औचित्यबारे प्रष्ट्याउनुभएको थियो । कार्यक्रममा गाईजात्राका अवसरमा निकालिएको रोपाई जात्रा तथा लाखे नाँचमा सहभागी उत्कृष्ट कलाकारहरुलाई पुरस्कृत गरिएको थियो । रोपाई जात्रामा सहभागी कलाकारहरुमध्ये सुनिल प्रधान प्रथम, मिलन श्रेष्ठ द्धितीय, रघुपति श्रेष्ठ तृतीय, खड्ग श्रेष्ठ र विवेकभगत प्रधानाङ्ग सान्त्वाना हुनुभएको छ ।

 प्रथम, द्धितीय, तृतीय र सान्त्वानालाई नगद ११ सय, ७ सय, ५ सय र ३ सय रुपैयाँले पुरस्कृत गरिएको आयोजक झिंगु परोपकार समाजका सचिव राजेशराज जोशीले बताए । सो अवसरमा नेवारी समुदायका विशेष परिकारहरु सम्मिलिट समयबजि समेत खुवाइएको थियो । 

कार्यक्रम झिंगु परोपकार समाजका अध्यक्ष शुभभगत प्रधानाङ्गको अध्यक्षतामा सम्पन्न भएको हो । 

भाद्र शुक्ल द्धादशीका दिन हनुमान ढोका अगाडि धार्मिक विधिपुर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाँचगान, रथजात्रा र देवदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने चलन छ । 

लिंगोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने  गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य