प्रकाश धौलाकोटी/भदौ ३०, तेह्रथुम । उपत्यकामा विशेष महत्वकासाथ मनाइने सांस्कृतिक पर्व इन्द्रजात्रा यसवर्ष पहिलो पटक तेह्रथुममा पनि विशेष कार्यक्रम गरी मनाइएको छ । झिंगु परोकार समाज तथा मिसा पुचः को संयुक्त आयोजनामा विहीबार वर्षा र सहकालका देवता इन्द्रको प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी/भदौ ३०, तेह्रथुम । उपत्यकामा विशेष महत्वकासाथ मनाइने सांस्कृतिक पर्व इन्द्रजात्रा यसवर्ष पहिलो पटक तेह्रथुममा पनि विशेष कार्यक्रम गरी मनाइएको छ । झिंगु परोकार समाज तथा मिसा पुचः को संयुक्त आयोजनामा विहीबार वर्षा र सहकालका देवता इन्द्रको प"/>
२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा पहिलो पटक इन्द्रजात्रा मनाइयो

२०७३, ३० भाद्र बिहीबार १२:५९

प्रकाश धौलाकोटी/भदौ ३०, तेह्रथुम । उपत्यकामा विशेष महत्वकासाथ मनाइने सांस्कृतिक पर्व इन्द्रजात्रा यसवर्ष पहिलो पटक तेह्रथुममा पनि विशेष कार्यक्रम गरी मनाइएको छ । झिंगु परोकार समाज तथा मिसा पुचः को संयुक्त आयोजनामा विहीबार वर्षा र सहकालका देवता इन्द्रको पुजा आराधनासहित इन्द्रजात्रा मनाइएको हो । 

हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व विशेषगरी उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुर  तथा धुलिखेल र दोलखा लगायत ठाउँमा मात्रै मनाइन्थ्यो । तर यो वर्षबाट यहाँको नेवारी समुदायको अगुवाईमा मनाउन थालिएको हो । 

म्याङलुङ्गस्थित सिंहवाहिनी मन्दिर अगाडि आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने र राजनीतिक दलहरुको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति गोविन्द ढुंगानाले पर्वका अवसरमा शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा झिंगु परोपकार समाजका पुर्वअध्यक्ष नारायणलाल श्रेष्ठले कार्यक्रमको औचित्यबारे प्रष्ट्याउनुभएको थियो । कार्यक्रममा गाईजात्राका अवसरमा निकालिएको रोपाई जात्रा तथा लाखे नाँचमा सहभागी उत्कृष्ट कलाकारहरुलाई पुरस्कृत गरिएको थियो । रोपाई जात्रामा सहभागी कलाकारहरुमध्ये सुनिल प्रधान प्रथम, मिलन श्रेष्ठ द्धितीय, रघुपति श्रेष्ठ तृतीय, खड्ग श्रेष्ठ र विवेकभगत प्रधानाङ्ग सान्त्वाना हुनुभएको छ ।

 प्रथम, द्धितीय, तृतीय र सान्त्वानालाई नगद ११ सय, ७ सय, ५ सय र ३ सय रुपैयाँले पुरस्कृत गरिएको आयोजक झिंगु परोपकार समाजका सचिव राजेशराज जोशीले बताए । सो अवसरमा नेवारी समुदायका विशेष परिकारहरु सम्मिलिट समयबजि समेत खुवाइएको थियो । 

कार्यक्रम झिंगु परोपकार समाजका अध्यक्ष शुभभगत प्रधानाङ्गको अध्यक्षतामा सम्पन्न भएको हो । 

भाद्र शुक्ल द्धादशीका दिन हनुमान ढोका अगाडि धार्मिक विधिपुर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाँचगान, रथजात्रा र देवदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने चलन छ । 

लिंगोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने  गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल