१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाजुरामा विद्यार्थी नेताको हत्या आरोपमा वडाध्यक्ष सहित तीन जना पक्राउ

१५ मंसिर २०७९, बिहीबार १०:२१

मङ्सिर १५, बाजुरा | बाजुरामा विद्यार्थी नेता चेतन अयडीको हत्या आरोपमा एक वडाध्यक्ष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जुद्धबहादुर अयडीलाई पक्राउ गरिएको हो ।

वडाध्यक्ष अयडीसँगै प्रहरीले अहिले सम्म तीन जनालाई पक्राउ गरेको जनाएको छ छ । मृतकका आफन्तले हत्यामा संलग्न भएको भन्दै वडा अध्यक्षसहित २२ जना विरुद्ध किटानी जाहेरी दिएका थिए । प्रहरीले ती मध्ये वडाध्यक्ष सहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सूर्य थापाले बताए ।

मंसिर ४ गते निर्वाचन सम्पन्न भइसकेपछि घरमा सुतिरहेका एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम विश्व विद्यालय अध्यक्ष अयडीलाई घरबाट झिकेर बीभत्स हत्या गरिएको थियो । प्रहरीले किटानी जाहेरीको आधारमा घटनामा संलग्न अन्यलाई पनि खोजि गरिरहेको जनाएको छ ।

अहिले पक्राउ परेको वडाध्यक्ष नाटेश्वरी मन्दिरमा दलित पसेको भन्दै कुटपिट गरेको अभियोगमा एक महिना पहिला पनि मात्र धरौटीमा छुटेका थिए। जिल्ला अदालत बाजुराले उनलाई एक लाख धरौटीमा छुटेका थिए ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह