भदौ ३१, काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठान र जनसांस्कृतिक प्रतिष्ठान नेपालको संयुक्त तत्वाधानमा आयोजित मृत्यु संस्कार सुधारक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३१, काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठान र जनसांस्कृतिक प्रतिष्ठान नेपालको संयुक्त तत्वाधानमा आयोजित मृत्यु संस्कार सुधारक"/>
२०८२, २७ चैत्र शुक्रबार
काठमाडौँ - KTM

१३ दिने मृत्यु संस्कारलाई सुधार गर्न सुझाव

२०७३, ३१ भाद्र शुक्रबार १३:२०

भदौ ३१, काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठान र जनसांस्कृतिक प्रतिष्ठान नेपालको संयुक्त तत्वाधानमा आयोजित मृत्यु संस्कार सुधारका सम्भावना विषयक विचार गोष्ठीमा धार्मिक क्षेत्रका विद्वान्ले परिवर्तित परिवेश, सामाजिक अवस्था, धार्मिक स्थितिमा आएको परिवर्तनलाई विचार गर्दै हिन्दू धर्ममा रहेको १३ दिने मृत्यु संस्कारलाई सुधार गर्दै कम्तीमा तीन दिन र बढीमा पाँच दिनमा मृत्यु संस्कार सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको छ । 

छोराछोरी विदेशमा रहने सामाजिक समस्या, १३ दिनसम्म नुन नखाई क्रिया बस्दा क्रिया बस्नेको नै मृत्यु भएका घटना, मृत्यु संस्कारमा रहेका विकृति न्यूनीकरण गर्नुपर्ने, वैज्ञानिक तथा स्वास्थ्यको दृष्टिकोणबाट पनि लामो दिनसम्म क्रिया बस्नु उपयुक्त नभएकाले नयाँ दृष्टिबाट समाजले सोच्नुपर्ने धारणा उहाँहरुले व्यक्त गर्नुभयो । 

मौर्य वंशको पतनपछि इसापूर्व १८५ तिर भार्गवले लेखेको मनुस्मृतिमा गैँडाको मासु प्रयोग गर्न हुने लेखिएको र यसभन्दा अघि ब्राह्मणले मृत्यु संस्कारमा क्रियामा बस्दा खसी काटेर भोज खाने प्रचलन रहेकोमा पछि सुघार गर्दै मासुमा बर्जित गरिएको जानकारी दिइयो । 

वर्षी बस्दा सेतो लुगा लगाउने प्रचलन चिनियाँ बुद्धिष्टबाट नेपाली हिन्दूले सिकेर प्रयोगमा ल्याएको, स्वस्थ्य मानिसले मात्र क्रियामा बस्ने हो भनी शास्त्रमा उल्लेख भएको जानकारी दिइयो । 

कार्यक्रममा दर्शनशास्त्री डा विष्णु प्रभातले मायावर जुगमा यस्तो व्यवस्था नभएको र त्यस बेला जाडो ठाउँमा शवलाई काटेर चरालाई खुवाउने गरिएको, जमिन पर्याप्त भएको बीचको क्षेत्रका मानिसले शव गाड्ने प्रचलन रहेको र गर्मी क्षेत्रका मानिसले शव गन्हाउने र वरिपरिको क्षेत्र दुर्गन्धित हुने हुनाले जलाउने गरिएको जानकारी दिनुभयो । 

उहाँले मृत्यु संस्कारमा सुधार गर्दा पुरोहितको पेसा नै सङ्कटमा पर्नेबाहेक अन्य विमति नरहेको चर्चा गर्नुभयो । अर्का विद्वान् मोदनाथ प्रश्रितले १३ दिने मृत्यु संस्कार स्वास्थ्यको दृष्टिकोण, विज्ञान सम्मत दृष्टिकोण तथा समयको बचतको दृष्टिकोणले पनि सुधार गरी तीनदेखि पाँच दिनमा सकिनुपर्ने धारणा व्यक्त गर्नुभयो । 

उहाँले थप्नुभयो– “एकथरि मानिसले काजक्रिया गर्दै नगरेको, अर्को थरिले बहिस्कार गर्ने तथा कतिपयले सेतो लुगाको सत्ता खरानी रङ्गको लुगा लगाउने वा वर्षी फुकाल्ने प्रचलन बढ्दै गएको छ । त्यसैले रुढिगत ढङ्गले अघि बढ्ने होइन कि समयसापेक्ष सुधार गर्नुपर्छ ।” 

डा जगमान गुरुङले समाजमा देखिएका विकृतिलाई सुधार गर्नुपर्नेमा जोड दिँदै तर क्रिया मान्ने नमान्ने स्वतन्त्रता व्यक्तिलाई दिनुपर्ने विचार व्यक्त गर्नुभयो । 

विद्वान् संस्कृतविद् भिक्तर प्रधानले २००७ सालदेखि २०६६ सालसम्म नेपालमा मृत्यु संस्कारमा सुधार गर्नुपर्नेमा विभिन्न समयमा परिवर्तन तथा सुधारको पक्षमा आवाज उठाउनुका साथै छलफल निरन्तर चलिरहेको बताउनुभयो । 

कार्यपत्र प्रस्तोता डा प्रेम खत्री र शङ्करप्रसाद पोखरेलले शास्त्रीय आधार र परम्परागत संस्कारको लोप हुने अवस्थाबाट जोगाउन नयाँ युवा पिँढीलाई कार्य बोझका बीच जोगाई राख्न मृत्यु संस्कारमा सरलीकरण गर्नुपर्ने बताउनुभयो । 

उहाँहरुले किराँत, राई, तामाङ तथा लामाले मृत्यु संस्कारमा सुधार गरी तीन दिनमा झारेको, थारु जातिको पूर्वदेखि पश्चिमसम्म फरकफरक रहेको, पश्चिममा फारसीले जस्तै मृतकको शवलाई काटेर चरालाई खुवाउने प्रचलन रहेको भन्दै समयसापेक्ष रुपान्तरण र परिवर्तनको खाँचो रहेको बताउनुभयो । 

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आफ्नो संस्थाले संस्कृतिले सिर्जना गरेको मर्म नाघ्न खोजेको होइन भन्दै संस्कारलाई समयअनुरुप जीवनसँग जोड्दै अद्यावधि गर्न यो विषय छलफलमा ल्याएको बताउनुभयो । 

उहाँले प्रज्ञाप्रतिष्ठानले संस्कारको सङ्कलन गरी पाँचौँ भागसम्म प्रकाशमा ल्याइसकेको जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने