मङ्सिर २९, बारा | बाराको विश्रामपुर गाउँपालिका–५ इटियाही दरबार कोलोनीस्थित खेतमा रहेको परालको कुन्युमा एक युवकको शव भेटिएको छ।
शव जितपुर सिमरा उपमहानगरपालिका–८ राजनगर घर भएका २२ वर्षीय सुरज साह कानुको रकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीले घटनाको थप अनुसन्धानका लागि २ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेको दुईजनाको परिचय प्रहरीले खुलाएको छैन।