१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय सेनाका लेफ्टिनेन्ट जनरल काठमाडौंमा

४ पुष २०७९, सोमबार ०७:००

पुस ४, काठमाडौँ | भारतीय सेनाका आर्मी ट्रेनिङ कमान्डका चिफ अफ स्टाफ लेफ्टिनेन्ट जनरल जेएस सिन्धुसहितको उच्च स्तरीय भारतीय सैनिक टोली आइतबार काठमाडौं आइपुगेको छ । नेपाल सरकार र भारतीय सरकारबीच सम्पन्न सम्झौताअनुरूप नेपाल-भारत द्विपक्षीय परामर्श समूहका उच्च सैन्य अधिकारीको नेपाल भ्रमण भएको सैनिक मुख्यालयले जनाएको छ।


नेपाल भ्रमणमा रहेको सो टोलीले नेपाली सेनाको विभिन्न डिभिजन तथा बाहिनीको स्थलगत अवलोकन गर्नुका साथै त्यसबारे जानकारी लिने सैनिक मुख्यालयले जनाएको छ ।

एक साताव्यापी भ्रमणका क्रममा भारतीय सैनिक टोलीले प्रधान सेनापति प्रभुराम शर्मासँग भेट गर्ने भएको छ भने कमान्ड तथा स्टाफ कलेज, नेपाली सैनिक प्रतिष्ठान, नेपाली सैनिक बार कलेज, वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण पश्चिम पृतना हेडक्वाटरको भ्रमण, नेपाली सैनिक व्याटल स्कुलको भ्रमण र धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

छिमेकी मित्र राष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरूको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह