२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्लाहीमा चिसोले कठ्याङग्रिएर दुईको मृत्यु

२०७९, ४ पुष सोमबार ११:०३

पुस ४, सर्लाही | सर्लाहीको हरिपुर नगरपालिकामा चिसोले कठ्याङग्रिएर दुई जना मुसहर प्रतिनिधिको मृत्यु भएको छ । हरिपुर नगरपालिका –९, पिडारीका ४० वर्षीय रमेश माझी र हरिपुर नगरपालिका –६, लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको चिसोले कठ्याङग्रिएर मृत्यु भएको हो । 

स्थानीयका अनुसार कठ्याङग्रिएर ज्यान गएका रमेश र रामभगतले मदिरा सेवन गर्नुहुन्थ्यो । उहाँहरुको मृत्युबारे स्थानीय प्रहरी प्रशासनमा जानकारी गराइएको छैन् । ज्याला मजदुरीको काम गर्ने पिडारीका रमेश माझी मङ्सिर २४ गते धान काट्ने काम गरेर घर आएपछि पराल ओछ्याएर सुतेकोमा त्यहीँ चिसोले कठ्याङग्रिएर मृत्यु भएको परिवारका सदस्यले बताएका छन् । 


केही वर्षअघि जनता आवास कार्यक्रम अन्तर्गत मधेश प्रदेश सरकारले जस्ताले छाएको दुई कोठे घर निर्माण गरिदिएको थियो । घरको दुई वटा कोठामध्ये एउटा कोठा दाई मोती माझी र अर्को कोठा रमेशले अंशबण्डा गर्नुभएको थियो । 

एउटा कोठामा मृतक रमेश, उहाँकी श्रीमती चन्दु माझी, जेठो छोरा पंकज र बुहारी आँचल र कान्छो छोरा कृष्णनन्दनसहित पाँच जना बस्दैआएका थिए । किरियापुत्री बस्नुभएका कान्छो छोरा १६ वर्षीय कृष्णनन्दन माझीले ओढने ओछ्याउने नभएकाले भुइँमा पराल ओछ्याएर सुत्दा बुवाको त्यही कठ्याङग्रिएर मृत्यु भएको बताउनुभयो । 

पिडारी बजारमा क्लिनिक खोलेर बस्नुभएका अहेब दिनेश साहले मङ्सिर २५ गते बिहान उपचारका लागि आफू पुग्दा रमेशको कठ्याङग्रिएर ज्यान गइसकेको बताउनुभयो । रमेशका छिमेकी आशादेवी माझीले न्यानो नपाउँदा रमेशको कठ्यांग्रिएर ज्यान गएको र गाउँका अन्य मुसहरहरुको पनि लगाउने न्यानो कपडा र ओढने ओछयाउने नहुँदा समस्या रहेको बताउनुभयो ।  

जनकपुरमा इँटा भट्टामा काम गर्ने रामकेबलले मङ्सिर २३ गते साँझ चिसोले कठ्याङग्रिएर बुवाको मृत्यु भएपछि घर आएर किरियापुत्रीमा बसेको बताउनुभयो । रामकेवलको पाँच जनाको परिवार अहिले फुसको छानो भएको कच्ची घरमा बसेर दैनिकी गुजारी रहेको छ । 

इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विजय कुँवरले चिसोले कठ्याङग्रिएर मानिसको मृत्यु भएकोबारे प्रहरीमा कुनै जानकारी नआएको बताउनुभयो । प्रहरीमा जानकारी आएमा मुचुल्का गरेर मृतकको शव पोष्टमार्टमका लागि पठाइने र त्यसपछि मात्रै मृतकको परिवारलाई नेपाल सरकारले दिने राहत मिल्ने बताउनुभएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से