४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

संघीय गठबन्धनद्वारा वीरगंजमा बिरोध सभा

२४ बैशाख २०७३, शुक्रबार १३:२५

बैशाख २४, वीरगंज ।
– संबिधान संशोधन बिना आन्दोलन रोकिदैन – महासचिव पटेल
बिभेदका बिरुद्ध तथा अधिकार
प्राप्तिका लागि जारी मधेस आन्दोलनको क्रममा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहितको संघीय गठबन्धनका
निर्धारीत कार्यक्रम अनुसार आज वीरगंजको घण्टाघरमा बिरोध सभा सम्पन्न भएको छ ।
birod sabha
राष्ट्रव्यापी कार्यक्रम अन्र्तगत आजको सभालाई सम्बोधन गर्दै नेपाल सदभावना पार्टीका महासचिव
शिव पटेलले जारी मधेस आन्दोलन संबिधानको पुनः संशोधन तथा पुर्नलेखन मार्फत हामीले उठाएका माँग पुरा
नहुन्जेल जारी रहने र अबको आन्दोलन राजधानी केन्द्रित हुने भएकोले सिंहदरवार घेराउको लागि तयार रहन आम
जनमानसलाई आग्रह गर्नुभयो ।

birodha sabha

तराई मधेस सदभावना पार्टी पर्साका अध्यक्ष प्रेमचन्द्र कुशवाहाको अध्यक्षतामा आयोजित सो
सभालाई सम्बोधनकै क्रममा महासचिव पटेलले सडकमा आन्दोलनकारीको उपस्थिती कम देखिए पनि नेपालका सम्पुर्ण
शोसित पिडितहरुको दिलो दिमागमा आन्दोलन रहेको चर्चा गर्दै मधेस आन्दोलन राष्ट्र व्यापी मात्र नभई
अन्र्तराष्ट्रिय स्तरमा पुगिसकेकोले केपी ओलीले होइन सम्पुर्ण शाषक वर्गहरुले नै आन्दोलनको सम्बोधन
गर्नुपर्ने अन्यथा देश ठुलो दुर्घटनामा फस्ने चेतावनी दिनुभयो ।
birodh
राधेश्याम सोेनीले संचालन गर्नुभएको सो बिरोध सभामा नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य
निजामुदिन समानी,संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य करिमा वेगम, तराई मधेस लोकतान्त्रिक
पार्टी पर्साका उपाध्यक्ष जटाशंकर गुप्ता,नेसपा पर्साका सचिव राजेश साह,रामसपा पर्साका सचिव धर्मेन्द्र
पटेल, नेपाल महिला मंचका केन्द्रिय उपाध्यक्ष मुनी श्रीवास्तव,तराई मधेस महिला संघका केन्द्रिय सदस्य
रेखा कर्ण,महिला मंचका अनिता रौनियार लगायतका नेताहरुले सम्बोधन गर्दै जारी आन्दोलनको क्रममा आयोजित
हुने बिभिन्न कार्यक्रममा सहभागिताको लागि आम जन समुदाय संग आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट