१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपाङ्गता संरक्षण नेपालद्वारा शङ्खरापुरलाई सहयोग

७ पुष २०७९, बिहीबार ०२:३६

पुस ७, काठमाडौँ | अपाङ्गता संरक्षण नेपालले काठमाडौँको साँखुस्थित शङ्खरापुर नगरपालिकालाई एक थान ल्यापटप सहयोग गरेको छ । बुधबार संरक्षण नेपालका अध्यक्ष विरोध खतिवडाले नगरपालिकाका नगर प्रमुख रमेश नापितलाई उक्त ल्यापटप हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखालाई उक्त सहयोग जुटाइदिएको संस्थाका अध्यक्ष खतिवडाले जानकारी दिनुभयो । अपाङ्गता क्षेत्रमा महिला बालबालिका शाखालाई काम गर्न सहज होस् भन्ने उद्देश्यले सहयोग गरेको उहाँले बताउनुभयो । सो अवसरमा महिला शाखामा कार्यरत निर्जला चुडाल अधिकारीलाई सम्मानपत्र प्रदान गरिएको थियो । महिला बालबालिका शाखामा कार्यरत अधिकारी अपाङ्गता क्षेत्रमा समेत काम गर्दै आउनुभएको छ ।  

महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखामा कार्यरत सूर्यकुमारी न्यौपानेले अपाङ्गता भएका व्यक्ति नै आफ्नो हकहितका लागि सक्रिय हुनुपर्ने र प्रत्येक वडामा अपाङ्गतासम्बन्धी काम गर्ने समिति सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । गत वर्षदेखि नै कार्यविधि बनाएर ‘असहायसँग उपमेयर’ कार्यक्रममार्फत १३ अपाङ्गता भएका व्यक्तिलाई रु पाँच लाख ७० हजार बराबरको सहयोग गरेको न्यौपानेले जानकारी दिनुभयो । एउटा तथ्याङ्कअनुसार नगरपालिकाभित्र दुई सय ५४ जना अपाङ्गता भएका व्यक्ति रहेका छन् ।  

सहयोग हस्तान्तरण कार्यक्रममा नगरपालिकाका सूचना अधिकारी सुभद्रा पुडासैनी,  राजकुमार खतिवडा, सुबोध थापा र संस्थाकी  कोषाध्यक्ष दुर्गा तामाङ विष्ट, सदस्य कविता बस्नेत, केशव बुढाथोकी, शर्मिला क्षेत्री, बीना खतिवडालगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह