२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बोल्नै नसक्ने अवस्थामा सचिन परियार, टिचिङ अस्पतालको आईसीयूमा उपचार हुँदै

८ पुष २०७९, शुक्रबार ०५:४०

पुस ८, काठमाडौँ | एकताका सामाजिक सञ्जाल र युट्युबमा निक्कै चर्चामा थिए, सचिन परियार। केही समय नेपाली लोकदोहोरीदेखि टेलिसिरियलसम्म निक्कै प्रयोग भएका सचिन केहीसमय यता कतै देखिएका छैनन्। हाल उनी निक्कै बिरामी रहेको खबर सार्वजनिक भएको छ।

सचिनको अहिले काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ।

सचिनको उपचारमा आर्थिक समस्या रहेको थाहा पाएपछि इसा फाउण्डेसन मार्फत २० हजार आर्थिक सहयोग गरेको फाउन्डेसनका सचिव कमल सरगमले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

उनले थप आर्थिक सहयोगको पनि खाँचो रहेको उल्लेख गरेका छन्।  


सामाजिक सञ्जालको प्लेटफमबाट चर्चामा आएका सचिनले केही समय निक्कै चर्चा कमाए। ९ वर्षको कलिलो उमेरमा चर्चामा आएका सचिनको हँसिलो अनुहार, चञ्चलता र मिठास पूर्ण बोलीको धेरै म्यूजिक भिडियोदेखि लाइभ दोहोरीसम्म प्रयोग भयो।

गुल्मीका सचिन केही समय सोसल मिडियाको हरेक प्लेटफर्ममा हिट भए। उनलाई म्युजिक भिडिओदेखि टेलिफिल्ममा खेलाउनेको लाइन नै लाग्यो। 

पहिलोपटक गुल्मीबाटै एक युट्युब च्यानलमा अन्तर्वार्ता दिएका सचिनको बोल्ने शैली र हँसिलो आनीबानीले धेरैलाई तानेको थियो। सचिन युट्युबमा मात्रै होइन ‘टिकटक’मा पनि हिट थिए।

सचिनको स्वरमा चलेका कलाकारले पनि लिप्सिङ दिए। टिकटक बनाए। उनलाई टेलिभिजन कार्यक्रममा निम्त्याइयो।

म्युजिक भिडिओमा सचिनलाई खेलाउने होडबाजीजस्तै थियो। चलेका कलाकारले पनि उनीसँग कम्मर मर्काए। सचिनलाई लिएर बनाइएका म्युजिक भिडिओहरू युट्युब ट्रेन्डिङको अग्रपंक्तिमा देखिन्थे। अहिले सचिनको नाम सबै तिरबाट हराएको छ। सामाजिक सञ्जालमा भेटिन छोडेका छन्। 

उनै सचिन अहिले अस्पतालको बेडमा भेटिएका छन्। बोल्न समेत नसक्ने अवस्थामा छोराको उपचार गराईरहेकी सचिनकी आमाले आर्थिक संकट परेको बताएकी छिन्।

सचिन बिरामी भएको थाहा पाएपछि रविन लामिछानेले सचिनको अवस्था गम्भिर भएको बताएका छन्।

उनी भन्छन् ‘भर्खरै अस्पताल पुगेका साथिहरु र बाबुको आमालाई सोध्दा सचिन बाबुको अवस्था जटिल छ भन्ने बुझियो। टिचिङ्ग अस्पतालको आइसीयूमा उपचाररत सचिन बाबुको थप उपचार,  खर्च अभावका कारण रोकिन सक्ने खतरा भएकाले माया गर्ने सबै जनाले बाबुको लागि भगबान सङ्ग प्रार्थना सहित सकेको सहयोग गरिदिनु हुन अनुरोध छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा माओवादीका अध्यक्ष प्रचण्डले बोलाए विपक्षी दलको बैठक साफ महिला च्याम्पियनसिप: आज नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि…