२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शोभराजको आग्रह- ‘मलाई नेपालमै बस्न दिनू, पत्रकारलाई फोटो खिच्न नदिनू’

२०७९, ८ पुष शुक्रबार ०७:२४

पुस ८, काठमाडौँ | १९ वर्ष केन्द्रीय कारागारको गोलघरमा सजाय काटेर आज छुट्न लागेका सिरियल किलर चार्ल्स शोभराजले आफ्नो फोटो खिच्न नदिन आग्रह गरेका छन्। उनले मिडियाबाट आफू टाढै बस्न चाहेको भन्दै कसैलाई पनि फोटो खिच्न नदिन कारागार प्रशासनलाई आग्रह गरेका छन्।

उनलाई कारागार प्रशासनले आज अध्यागमन विभागको जिम्मा लगाउँदैछ। अध्यागमनले पासपोर्टलगायतका कागजपत्र हेरेर उनकै देश फ्रान्स फर्काउने तयारी गरेको छ।


तर शोभराजले भने आफू केही दिन नेपालमै बस्न चाहेको बताएका छन्। कारागार प्रशासनका एक अधिकारीले भने, ‘‘फ्रान्सबाट आएका मेरा आफन्तहरू हायत होटेलमा बसेका छन्। म केही दिन उनीहरूसँगै बस्न चाहन्छु। त्यही बसेर मुटुको फलोअप उपचार गराउँछु।’’

तर अध्यागमनले भने उनको प्रस्ताव स्वीकार नगरेको उनका कानुनी सहयोगी गोपाल शिवाकोटी (चिन्तन) बताउँछन्। शोभराजलाई फ्रान्स फिर्ता पठाउन आवश्यक पर्ने कागजपत्र मिलाउने काम भइरहेको अध्यागमनले जानकारी दिएको छ।

शोभराज सन् १९६३ देखि १९७६ को अवधिमा थाइल्याण्ड, पाकिस्तान, भारत, मलेसिया, फ्रान्स, अफगानिस्तान, टर्की र ग्रिसमा शृङ्खलाबद्ध हत्या गरेर फरार व्यक्ति थिए।

शोभराजलाई २१ डिसेम्बर १९७५ मा नेपालको भक्तपुरमा आरमण्ड लरेन्ट क्यारियर र त्यसको दुई दिनपछि कोनिजो ब्रान्ची नामका युवतीको हत्या गरेको ठहरसहित जेलमा राखिएको हो। तर, उनले चाहिँ भक्तपुर घटनामा आफू संलग्न नरहेको बताउँदै आएका छन्।

बुधबार सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई शर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो। १५ दिनभित्र उनकै देश पठाउन पनि आदेश दिइएको थियो।

सर्वोच्चले ७८ वर्ष उमेर पुगिसकेको र मुटुको सर्जरी गर्नुपर्ने अवस्था देखिएकोले उनलाई अन्य मुद्दा नभए छाड्न आदेश दिएको हो।

शोभारजलाई फ्रान्स पठाउने भएपछि शोभराजलाई बिदाइ गर्न उनकी सासू तथा वकिल शकुन्तला विश्वास र उनकी छोरी तथा जेलमै बिहे गरेकी निहिता विश्वास डिल्लीबजारस्थित अध्यागमन कार्यालयमा पुगिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से