पुस ८, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिणाममा सुन बरामद भएको छ। त्रिभुवन विमानस्थलमा खटिएका प्रहरीले सुन बरामद गरेको हो।
फ्लाई दुबईको जहाजबाट काठमाडौं आएका सुडानका नागरिक मोहम्मद अहमेदले साथमा उक्त सुन फेला परेको प्रहरीले जनाएको छ। विमानस्थलस्थित भन्सार कर्यालयका अनुसार करिब १८-१९ किलो सुन बरामद भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।