४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

ट्राफिक सप्ताह २०७३ वीरगंजमा शुरु,हजारौं सहभागि

२६ बैशाख २०७३, आईतवार ०९:४०

बैशाख २६, वीरगंज
। 
ट्राफिक सप्ताह २०७३ को आज एक समारोहका बिच पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले
उदघाटन गरेका छन् । सप्ताहको आज पहिलो दिन वीरगंजको घण्टाघरबाट बाजागाजा सहित निकालिएको वृहत रयालीले
नगरको परिक्रममा गरी पुनः घण्टाघरमा आई समापन भएको थियो ।

बिश्व
रेडक्रस दिवसको अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा र नेपाल रेडक्रस सोसाइटी पर्साले संयुक्त
रुपमा सप्ताह व्यापी कार्यक्रम गरी भव्य रुपमा मनाउने भएको छ । रेडक्रस सोसाइटी पर्साका सभापति फुलमहम्द
मियाँको सभापतित्वमा सम्पन्न उदघाटन सत्रलाई सम्बोधन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी घिमिरेले
ट्राफिक सप्ताह २०७३ कार्यक्रम एउटा नमुना भएको बताउदै वीरगंज नगरलाई सभ्य नागरिकको पहिचान एवं
पुर्णरुपमा ट्राफिक नियमको पालना गर्नुको साथै अरुलाई समेत गर्न लाउन आ आफनो तर्फबाट पहल गर्न
सम्पुर्णलाई आग्रह समेत गरेका थिए ।

trafik saptaha

उदघाटन सत्रको पहिलो दिन घण्टाघरबाट निकालिएको रयालीमा अंचल प्रहरी कार्यालय
नारायणीका प्रमुख एसएसपी नारायण सिंह खड्का, प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठ, सशस्त्र प्रहरी उपरिक्षक
भिमबहादुर थापा, नेपाली सेना वरखगण श्रीपुरका प्रमुख सेनानी नारायण बहादुर थापा , ट्राफिक प्रहरी
कार्यालय पथलैयाका निमित प्रमुख डिएसपी तोरण बहादुर कार्की,ट्राफिक कार्यालय पर्साका प्रमुख प्रहरी
निरीक्षक खेम आर्चाय,सामुदायिक सेवा जिल्ला समन्वय समिती पर्साका सह संयोजक सरोज खड्का सहित निजी तथा
सामुदायिक २४ वटा बिद्यालयका बिद्यार्थीहरु , वीरगंजमा रहेका सामुदायिक सेवा केन्द्रहरु , बिभिन्न संघ
संस्थाहरुको आफनो व्यानर सहित सहभागि रहेको ट्राफिक सप्ताह २०७३ का प्रेस संयोजक संतोष पटेलले बताए

traffice

उदघाटन सत्रलाई प्रजिअ घिमिरेले रिबिन काटी व्यालुन उडाई
उदघाटन गरेका थिए भने रेडक्रसका शाखा अधिकृत उदयराज शार्माले सहजीकरण गरेका थिए । रयालीमा नेपाल प्रहरी
, सरोकारवाला,नेपाल ज्योतिष परिषद,टेम्पो,नारायणी यातायात , स्वतन्त्र कर्मचारी,बिद्यालयका
बिद्यार्थीहरु,सामुदायिक प्रहरी एवं पदाधिकारी, रेडक्रसकर्मी,जुनियर एवं युवा सर्कल , कलेजहरु लगायत
हजारोको रयालीमा सक्रिय सहभागिता रहेको थियो ।

birjung parsa

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’